युएईविरुद्धको वान डे क्रिकेट सिरिजमाथि नेपालको कब्जा

एजेन्सी, माघ १५
नेपालले युएईसँगको एक दिवसीय अन्तर्राष्ट्रिय श्रृंखलाको तेस्रो तथा निर्णायक खेलमा जित हात पार्दै श्रृंखला आफ्नो नाममा पारेको छ ।युएइको घरेलु मैदानमा पहिलो खेल गुमाएको नेपालले दोस्रो र तेस्रो खेलमा शान्दार जित दर्ता गर्न सफल रह्यो ।

युएईले दिएको २ सय ५५ रनको लक्ष्य पछ्याएको नेपालले ३२ बल अगावै ६ विकेटको क्षतिमा जित निकालेको हो । नेपालको जितमा कप्तान पारस खड्का नायक रहे । पारसले १ सय ९ बलको सामना गर्दै १ सय १५ रन जोडे ।

ओडीआईमा पहिलो शतक बनाउने नेपाली समेत बनेका पारसको इनिङ्समा १५ चौका र १ छक्का सामेल थियो ।ओपनर बिनोद भण्डारी ९ रनमा आउट भएपछि तेस्रो नम्बरमा ब्याटिङमा आएका कप्तान पारसले ९६ बलमा शतक पूरा गरेका हुन्। उनले दोस्रो विकेटका लागि उपकप्तान ज्ञानेन्द्र मल्लसँग मिलेर ६२ रनको साझेदारी गरेका थिए।

Advertisement

उनी एकदिवशीय अन्तर्राष्ट्रियमा पहिलो शतक प्रहार गर्ने नेपाली खेलाडी समेत बनेका छन्। पारसले १०९ बलमा १५ चौका र १ छक्काको सहयोगमा १ सय १५ रन बनाएर आउट भए।नेपालका लागि उपकप्तान मल्लले ३५ बलमा ३१, सन्दीप जोराले २० बलमा १९ र रोहितकुमार पौडेलले २४ बलमा १६ रन बनाए। आरिफ शेख २१ र सोमपाल कामी २६ रनमा अविजित रहँदै टिमलाई ऐतिहासिक जित दिलाए।

Advertisement

यसअघि दुबईस्थित आईसीसी एकेडेमी ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित ओभरमा ६ विकेट गुमाएर २ सय ५४ रन बनाएको थियो।कमजोर सुरुआत गरेको युएईका मध्यक्रमका ब्याट्सम्यानले इनिङ उकासेका थिए। युएईले सुरुआती पावर प्लेको १० ओभरमा मात्र १४ रन बनाउँदा महत्वपूर्ण दुई विकेट गुमाएको थियो। उसका ओपनरहरु अस्फाक अहमदलाई सोमपाल कामी र चिराग सुरीलाई करण केसीले खाता खोल्नै दिएनन्।

घुलाम सब्बरले १८ र मुहम्मद उस्मानले २६ रन बनाएर आउट हुँदा युएईले २०।२ ओभरमा ४७ रन जोडेर ४ विकेट गुमाइसकेको थियो। तर, चुन्दनगापोयिल र साइमन अनवारले पाँचौं विकेटका लागि १ सय रनको साझेदारी गरेका थिए। ४१।२ ओभरमा रिज्वन ४५ रनको व्यक्तिगत स्कोरमा आउट भएपछि आएका मोहम्मख बोतासँग मिलेर अन्वारले छैटौं विकेटका लागि ८० रनको साझेदारी गरेपछि युएईले सम्मानजनक स्कोर बनाएको हो।

नेपाली कप्तान पारस खड्काको बलमा उपकप्तान ज्ञानेन्द्र मल्लको हातबाट क्याचआउट हुनुअघि अन्वारले ७० बलमा ९ चौका र २ छक्काका साथ ८७ रनको उत्कृष्ट इनिङ खेले। बोता ३१ बलमा ५९ रनमा अविजित रहे। कप्तान मोहम्मद नाभिदले पनि अविजित ११ रन बनाए।

बलिङतर्फ कप्तान पारस र करण केसीले २–२ विकेट लिए। सोमपाल कामी र सन्दिप लामिछानेले १–१ विकेट लिए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top