बहराक्षेत्र धाममा श्रीराम तारक ब्रम्ह महायज्ञको तयारी युद्धस्तरमा

बहराक्षेत्र धाममा श्रीराम तारक ब्रम्ह महायज्ञको तयारी युद्धस्तरमा

सुनसरी,माघ १८
हरित र समृद्धि नेपाल निर्माणको कामनासहित यही माघ २६ गतेदेखि सुनसरीको बहराक्षेत्र धाममा नेपालमै पहिलोपटक हुने श्रीराम तारक ब्रम्ह महायज्ञको तयारी युद्धस्तरमा भईरहेको छ । महायोगी सिद्धबाबा आध्यात्मिक प्रतिष्ठान जगद्गुरु श्रीरामानन्दाचार्य सेवापीठको आयोजनामा हुन लागेको महायज्ञको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।

नेपालको इतिहासमै पहिलोपटक १२ सय साधनहरुद्वारा तारकब्रम्ह मन्त्रराजको १ अर्ब ६० करोड जपसमेत गरिनेछ । १६ करोड हवनसमेत गरिने आयोजक संस्थाका उपाध्यक्ष राजेन्द्र राउतले जानकारी दिए । नौ तले मण्डवभित्र १ सय ८ वटा हवनकुण्डसमेत निर्माण गरिएको छ । ३५ हजार किलो जौ, १५ हजार किलो जडीबुटी, १० हजार किलो शुद्ध गाईको घ्यू, १० हजार किलो चिनी, ६० हजार किलो तिललगायत हवन गरिनेछ ।

मण्डवभित्रै ९ प्रकारका हवनवेदी निर्माण गरिएको छ । महायज्ञ आयोजनास्थल बराहक्षेत्रमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सिद्धबाबा डा. कृष्णदासजी महाराजले ७ सय ५ वर्षअघि भारतमा यस्तो महायज्ञ भएको बताए । उनले नेपालमा त्रेयायुगमा मात्रै तारकब्रम्ह महायज्ञ भएको दाबी गरे ।

महायज्ञमा आउने भक्तजनका लागि लागि साढे ८ करोडको लागतमा १३२ कोठे तीनवटा भवन धमाधम निर्माण भइरहेको छ । उनले महायज्ञले धार्मिक पर्यटनमा महत्वपूर्ण भूमिका योगदान गर्ने बताए । महायज्ञमा १ लाखभन्दा बढी भक्तजनहरु आउनेछन् । सबैको आरोग्यता, मुलुकको विकास र समृद्धि, हरित राष्ट्र, शान्तिको कामनासहित महायज्ञ आयोजना गर्न लागिएको कृष्णदासले जानकारी दिए । यज्ञ पूर्णाहुतिसहित फागुन ७ गते महायज्ञको समापन हुनेछ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.