तेस्रो लिङ्गी शब्द नागरितामा राख्न अलमल

तेस्रो लिङ्गी शब्द नागरितामा राख्न अलमल

काठमाडौं : प्रतिनिधिसभामा नागरितामा तेस्रो लिङ्गी भन्ने शब्द राख्ने कि नराख्ने भनेर सांसदहरुबीच मतभेद भएको छ ।,यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

सभामा शुक्रबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरुले तेस्रो लिङ्गीलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा आआफ्नो तर्क प्रस्तुत गरेका थिए ।

धेरैजसो तेस्रो लिङ्गीभन्दा उनीहरुको सम्मानमाथि चोट पुग्ने भन्दै सांसदहरुको त्यसको साटो अन्य लेखिनुपर्ने बताए । केही सांसदले भने अन्य लेख्दा पनि लैङ्गिक पहिचान स्पष्ट नहुने भन्दै यसबारे गम्भीर छलफल गरेर निर्णय गर्नु पर्ने बताए ।

नेपालमा नागरिता ऐन २०६३ लाई संशोधन गर्न बनेको बिधेयकमाथि छलफलमा सांसदले उनीहरुको सम्मान हुने गरी उपयुक्त शब्द खोज्नु पर्नेमा जोड दिएका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.