इटहरी, माघ २०
लिग लिडर मनाङ मस्र्यादी क्लबलाई दुई शून्य गोल अन्तरले पाखा लगाउँदै दोस्रो मदन भण्डारी स्मृति अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकपको उपाधिसँगै त्रिभुवन आर्मी क्लबले नगद १६ लाख हात पारेको छ ।
इटहरी रगंशालामा शनिबार भएको फाइनल खेलमा चिरप्रतिद्वन्द्वी मनाङमाथि हाबी भएको आर्मीले बहुसंख्यक दर्शकहरुको साथ पाएको मनाङलाई स्तब्ध पार्दै उपाधि चुमेको हो । उपाधि विजेता टिमलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले शिल्ड, मेडल तथा नगद पुरस्कार प्रदान गरे ।
खेलको सर्वाेकृष्ट खेलाडी आर्मीका टंक बस्नेत, वेष्ट टिफेन्र्स मनाङका सुरज विक, सर्वाधिक गोलकर्ता आर्मीका भरत खवास, उत्कृष्ट गोलकिपर आर्मीका विकेश कुथु र उत्कृष्ट फर्वाड आर्मीका भरत खवास घोषित भए ।
यही माघ १२ गतेदेखि इटहरी रंगशालामा राष्ट्रिय जागृति क्लब इटहरीको आयोजना तथा राष्ट्रिय खेलकुद परिषद्को संरक्षकत्वमा दोस्रो मदन भण्डारी स्मृति अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप प्रतियोगिता आयोजना भएको थियो ।