रुपमती हत्या पछि त्रासमा बलुवाही बस्ती, ओभाएनन् आमाका आँखा

विराटनगर : विराटनगर– ८ की ११ वर्षीया रुपमती दासको हत्या भएको नौ दिन पुरा भईसकेको छ । ज्याला मजदुरी गरेर चल्दै आएको परिवार सामान्य दैनिकीमा फर्किन सकेको छैन । घटनायता रुपमतीकी आमा मनिदेवीको आँखा ओभाएका छैनन् । सन्तानको शोकमा भावुक बनेकी उनी रोईरहन्छिन् ।

Advertisement

सोमवार सम्वाददाता पिडितको घरमा पुग्दा मनिदेवीको अवस्था उस्तै थियो । आँगनमा बसेर रोईरहेकी उनलाई एक महिलाले सम्हालिरहेकी थिईन् । ठेला कुदाउँदै आएका रामप्रसाद पनि काममा फर्किएका छैनन् ।

माघ १३ गते सिंघीया खोला किनारमा नग्न अवस्थामा भेटिएकी दासको बलात्कारपछि हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका भट्टु भनिने अब्बास र चन्दु मृतक बालिका ओल्लो घर पल्लो घरका छिमेकी हुन् ।

Advertisement

बालिकाको शव भेटिएपछि असुरक्षित महसुस गरेका टोलबासी हत्या आरोपी सार्वजनिक भएपनि सुरक्षित महसुस गर्न सकेका छैनन् । , यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top