नेपाल टेलिकमले ल्यायो अफरै अफर

२२ माघ ७५, मंगलबार
Share this
778shares

काठमाडौं, माघ २२
सरकारी स्वामित्वमा रहेको दूरसंचार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले आफ्नो १५ औं वार्षिक उत्सवको अवसर पारेर विभिन्न सेवामा प्याकेज र छुटको घोषणा गरेको छ ।

Advertisement

मंगलबार काठमाडौंमा आयोजित १५ औं वार्षिक उत्सव कार्यक्रममा नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले माघ २२ गतेदेखि एक महिनासम्मका लागि लागू हुने गरी एनडी मोवाईल एप डाउनलोड र रजिष्ट्रेशनमा निःशुल्क एक सय एमडी डाटा उपलब्ध गराउने लगायतका प्याकेज तथा छुटको व्यवस्था गरिएको जानकारी गराए ।

सोही योजना अनुसार कम्पनीले माघ २३ गतेदेखि लागू हुने गरी फागुन ८ गतेसम्म रजिष्टर हुने नयाँ पोष्टपेड ग्राहकलाई ३ महिनासम्म प्रतिमहिना १ जिवी अलटाईम डाटा र सय मिनेटसम्म भ्वाईस बोनस दिने घोषणा पनि गरेको छ ।

Advertisement

प्रबन्ध निर्देशक अधिकारीले पोष्टपेडका ग्राहकलाई नौं सयको रिचार्जको प्याकेजमा प्रतिमहिना ३ दशमलव ३ जिबी डाटा र ५ सयको रिचार्जमा फ्रि रिसोर्स उपलब्ध गराउने पनि जानकारी दिए । त्यसैगरी टेलिकमले आफ्नो वार्षिक उत्सवको अवसर पारेर टुरिष्ट प्याकेज अन्तरगत ५ सय रुपैयाँमा ५ जिबी डाटा र नेपाल टेलिकमको नेटवर्कमा ५० मिनेट भ्वाईस कल र सय रुपैयाँको अन्तराष्ट्रिय कल समेत गर्न सकिने छुटको पनि व्यवस्था गरेको छ ।

यस्तै २०७४ सालको असार मसान्तसम्म टेलिफोनको बक्र्यौता तीर्न बाँकी रहेका ग्राहकहरुले २०७६ असार मसान्तसम्म बुझाएमा जरिवाना छुट गर्ने व्यवस्था पनि वार्षिक कार्यक्रमको अवसरमा गरिएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top