विराटनगर, माघ २५
महिला संघ मोरङको नेतृत्वमा शुक्रबार विराटनगरमा प्रधानमन्त्रीे केपी शर्मा ओलीको पुत्ला दहन गरिएको छ । सरकारले अधिनायकवाद लाद्न थालेको आरोप लगाउदै प्रधानमन्त्रीको पुत्दा दहन गरेको महिला संघ मोरङले जनाएको छ ।
पुत्लादहनमा नेविसंघमा आवद्द विद्यार्थीे नेताहरु सहभागि थिए । सरकारविरुद्धको विरोध प्रर्दशनको पूर्व सन्ध्यामा आयोजना गरिएको कार्यक्रममा सहभागिले भ्रष्टाचार, महँगी, बलात्कारका विरुद्धमा नाराबाजी गरेका थिए ।
विराटनगरको हनुमान मन्दिर अगाडि गरिएको पुत्ला दहनमाथि प्रहरीले ढिलोगरी हस्तक्षेप गर्दै नियन्त्रणमा लिएको थियो । महिलासंघले शनिबार देशब्यापी विरोध प्रर्दशन गर्ने जनाएको छ ।