भृकुटीमण्डपका भाडाका पसल रातारात बन्द, ३१ करोड हिनामिना गरेको दाबी

भृकुटीमण्डपका भाडाका पसल रातारात बन्द, ३१ करोड हिनामिना गरेको दाबी

काठमाडौं : गएको सोमबार अख्तियार दुरुपयोग अनुसन्धानले प्रदर्शनीमार्गस्थित भृकुटीमण्डप हाताभित्रको फनपार्क रहेको ६० रोपनी जग्गा भाडामा लगाउँदा प्रचलित मापदण्ड र प्रक्रियाविपरीत गरी अनियमितता गरेको भन्दै पूर्वसमाज कल्याणमन्त्री बद्री न्यौपानेसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भयो ।

विशेष अदालतमा दायर भएको उक्त मुद्दामा उनीहरुविरुद्ध ३१ करोड ५२ लाख १७ हजार ६ सय ७५ रुपियाँ २० पैसा रकम हिनामिना गरेको दाबीसमेत गरेको छ । त्यसको भोलिपल्टै मुख्य प्रदर्शनीहलपट्टिको ढोकातिर निस्कने बाटोभरि रहेको १५ वटा पसल रातारात बन्द गराइएको छ ।,यो खबर आजको नेपाल समाचारपत्रले छापेको छ ।

ती पसल अख्तियारको अनुसन्धानको घेरामा पर्ने डरले रातारात बन्द गराइएको हुन सक्ने आशंका गरिएको छ । ती पसल फनपार्क र यमपुचःलाई दिइएको जग्गाभन्दा बाहेकको ३ रोपनी क्षेत्रफलमा फैलिएको फनपार्कको पछाडिपट्टि मुख्य प्रदर्शनी स्थलतिर निस्कने ढोकासम्म फैलिएको स्रोतको दाबी छ ।

बन्द गराइएको पसलहरुमा खाजा पसलदेखि कफीसप, आइसक्रिम पसल, घोडाचढीलगायत बाल मनोरञ्जनका प्रदर्शनीको १५ वटा सटर रहेको स्रोत बताउँछ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.