कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै

Share this
733shares

काठमाडौं, माघ २७
केन्द्रीय पदाधिकारी र सदस्य महाधिवेशनका लागि सिधै प्रतिनिधि छनोट हुने कि नहुने विवादबाट रुमलिएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ । गत बुधवार र बिहीवारको बैठकमा प्रवधानलाई लिएर सदस्यहरु दुई खेमामा बिभाजित भएपछि बैठक आजसम्मका लागि स्थगित गरिएको थियो ।

Advertisement

गत पुष पहिलो साता सकिएको महासमिति बैठकमा शीर्ष नेतृत्वबाट महाधिवेशनका लागि तल्लो तहबाटै निर्वा्चित भएर आउनु पर्ने प्रावधान राख्ने प्रतिवद्धता आएपनि केन्द्रिय समितिमा सदस्यहरु विभाजित भएपछि निष्कर्ष निस्कन सकेको छैन । महासमितिबाट पारित भएको विधान, सम्सोधनसहित अनुमोदनको एजेण्डासहित बोलाइएको केन्द्रिय समिति पुनस् पुरानै बिषयमा अल्झिएको छ ।

बैठकमा पक्ष–विपक्षमा मत राख्दै सदस्यहरुले निर्वा्चित भएर आउने प्रावधानले केन्द्रिय सभापति पराजित हुन सक्ने, लोकतान्त्रिक पार्टीमा निर्वाचन पद्यतिको विकास गर्नुपर्ने लगायत धारणा राख्दै आएका छन् ।

Advertisement

केन्द्रिय सदस्य रामकृष्ण यादवकाअनुसार, ललितपुरको सानेपास्थित पार्टी मूख्यालयमा बिहान ११ बजेपछि बस्ने बैठकमा पार्टीको विधानसहित महासमितिबाट पारित भएका सांगठनिक र आर्थिक प्रतिवेदनबारे समेत छलफल हुनेछ । यस्तै आजको बैठकले नेविसंघको कार्यसमितिबारे समेत निर्णय गर्ने यादवले जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top