सरस्वती पूजामा २ दर्जन अभिभावक सम्मानित

सरस्वती पूजामा २ दर्जन अभिभावक सम्मानित

विराटनगर, माघ २८
सरस्वती पूजाका अवसरमा विराटनगर स्थित शिव विद्या मन्दिरका २५ जना अभिभावकलाई सम्मान गरिएको छ ।

सरस्वती पूजाका दिन आइतबार विद्यालयमा आयोजना गरिएको कार्यक्रममा विद्यालयमा पढने २५ जना बालबालिकाका अभिभावकलाई सम्मान गरिएको हो ।

अभिभावकहरुलाई बिद्यालयका संस्थापकद्वय देवानन्द यादब र राजेश भगतले मोबाइल , घडि तथा अन्य स्टेशनरी सामाग्रीपनि प्रदान गरे ।

५ अनाथ बालबालिकालाई निशुल्क पढाउँदै आएको सो विद्यालयले नयाँ बर्षदेखि थप १० जना अनाथ बालबालिकालाई पनि पढाउने विद्यालयकी प्राचार्य बिना भगतले बताइन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.