जुध्यो धुर्मुस-सुन्तलीले बनाउन आटेको रंगशालाको नाम : समयमै रंगशाला बन्ला अब ?

२८ माघ ७५, मंगलबार

एजेन्सी, माघ २९
चितवनको भरतपुर महानगरपालिकामा बनाउन लागेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’को नाम अहिले जुध्न पुगेको छ । धुर्मुस–सुन्तली फाउन्डेसनले रंगशालाका लागि आर्थिक सहयोग जुटाउने क्रम सुरु मात्र के भएको थियो अनेकौ बाधा र अड्चन देखा परेका छन् । हाल मलेसियामा आर्थिक सहयोग जुटाउने तरखरमा रहेको धुर्मुस-सुन्तलीका प्रमुख व्यक्तित्व सीताराम कटेल (धुर्मुस) कुञ्जना घिमिरे (सुन्तली)लाई केहि समययता यो कुराले थप अड्चन थपेको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आर्थिक वर्ष २०७५/०७६ को कार्ययोजनामा सरकारले रुपन्देहीमा बहुउद्देश्यीय क्रिकेट रंगशाला निर्माण गर्ने घोषणा गरेको थियो । उक्त रंगशालाको नाम ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’ हुने भनिएको थियो । त्यसकारण चितवनमा बन्ने भनिएको रंगशालामा कानुनी प्रभाब पर्न सक्ने दाबी छ ।

तर, यता कुरा नमिल्ला कि भन्ने दुबिधा बढिरहेको छ । राखेप सदस्य सचिव केशवकुमार विष्टले बजेटसमेत विनियोजन गरिसकेकाले यही नाममा रंगशाला बनाउने बताए । उनले भने, ‘हामी लामो समयदेखि रंगशाला निर्माण प्रक्रियामा अघि बढेका हौं र यही नाम रहन्छ ।’ खेलकुद मन्त्रालय र राखेपसँग समन्वय नगरेको अरॊप लगाउदै उनले थपे, ‘ ‘सरकार पहिल्यै अघि बढिसकेको छ, उहाँहरुले हामीसँग समन्वय गर्न पथ्र्यो । अध्ययन गर्नुपथ्र्यो,’ ।

Advertisement

फाउन्डेसनले रंगशाला बनाउनु अघि बिस्ट तथा अन्य खेलकुद मत्रालयका व्यक्तित्वसंगै फिल्ड भिजिट गरेका थिए । तर ,अन्तिमसमयमा आएर बिस्टले कुरा फेरेका छन् ।

रंगशालाको नाम ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’ नै रहने भनि रुपन्देही जिल्ला खेलकुद विकास समितिका अध्यक्ष योग गुरुङ भन्छन,’ ‘सरकारले नाम पहिचान गरेर सैनामैना नगरपालिकामा रंगशाला निर्माणको प्रक्रिया अघि बढाएको हो । नाममा भन्दा पनि काममा राम्रो हुनुपर्छ । राज्यले गर्नुपर्ने काम धुर्मुस सुन्तलीले गर्न खोज्नुभएको छ । उहाँको योगदानलाई कदर गर्नुपर्छ’ उनी थप्छन्, ‘हामीले बनाउने गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला–रुपन्देही’ हुन्छ, उहाँहरुले बनाउने ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला– चितवन’ राखे फरक पर्दैन ।’

Advertisement

सरकारी तथा कानुनी रुपमा के यो रंगशाला फेरी अन्य परियोजना जस्तै बीचमै हराएर जान्छ त ? प्रतिक्रिया दिनुस्

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top