जनप्रतिनिधिबाटै माटोको अवैध उत्खनन्

जनप्रतिनिधिबाटै माटोको अवैध उत्खनन्

विराटनगर : मोरङ र सुनण्सरीको सीमा क्षेत्र भएर बग्ने बुढाी खोलाको बुढीगंगा गाउँपालिका– ४ खण्डमा जनप्रतिनिधिकै संलग्नतामा अवैध रुपमा माटो खनेर बेच्ने गरेको पाईएको छ ।बुढी खोला किनारमा रहेको सार्वजनिक जग्गामा स्काभेटर प्रयोग गरी जनप्रतिनिधिकै संलग्नतामा उत्खनन् हुने गरेको पाईएको हो ।

माटो उत्खनन् गरी बुढीगंगा– ४ का अध्यक्ष काशिम मियाले बेच्दै आएको स्थानीयको आरोप छ । बुढीगंगा गाउँपालिका– ४को भवानीपुर घाटबाट अवैधरुपमा माटो उत्खनन् लामो समयदेखि हुँदै आएको थियो । दुई सातायता स्काभेटर प्रयोग गरी टिपरमार्फत माटो बच्ने गरेको स्थानीयले बताए ।

खोला किनारमा रहेको ऐलानी जग्गा झण्डै १० फिट गहिरो बनेको छ । मियाँले बषौँ अघिदेखि खोला छेउको ऐलानी जग्गाको माटो काटेर रकम असुल्दै आएको स्थानीयको आरोप छ ।

स्थानीय नुर मोहम्मदले ऐलानी जग्गा भएपनि वडाध्यक्ष काशिमले विगत लामो समयदेखि माटो काटेर बेच्ने गरेको आरोप लगाए ।तर मियाले भने आफुले माटो कटान नगरेको दाबी गरेका छन्। उनले गाउँपालिकाले नै ठेक्का दिएका ब्यक्तिले कटान गर्ने गरेको बताए, यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.