×

NEPAL TIMES UPDATES

Playing
इस्लामावाद वार्ता निष्कर्षविहीन : अमेरिकी टोली रित्तो हात फर्कियो || Nepal Times
Apr 12, 2026
Playing
२१ घण्टाको वार्तापछि Tehran को विज्ञप्ति, १६ जहाज छुटे, America दोषी || Nepal Times
Apr 12, 2026
Playing
हजारौं गीत गाएर अस्थाइन् आशा भोसले || Nepal Times
Apr 12, 2026
Playing
विद्याभण्डारीको लाइनमा राष्ट्रपति पौडेल, सरकारको सिफारिस रोक्न मिल्छ ? || Nepal Times
Apr 12, 2026
Playing
नेपाल सुरुङ युगमा प्रवेश|| Nepal Times
Apr 12, 2026
Playing
Top 15 Afternoon News || April-12-2026 || Nepal Times
Apr 12, 2026
Playing
ISLAMABAD TALKS असफल भएपछि Pakistanले के भन्यो ? || Nepal Times
Apr 12, 2026
Playing
बालेनको भारत भ्रमणबारे शिशिर खनालको खुलासा,हर्कले दिए एजेन्डा|| Nepal Times
Apr 12, 2026
Playing
Americaमाथि Iranको शंकाः कसका कारणले वार्ता भाँडियो ? || Nepal Times
Apr 12, 2026
Playing
प्रधानमन्त्री बालेनलाई मोदीको निम्तो#balen #modi #india #nepal
Apr 12, 2026

पशु विज्ञानमा विद्यार्थीको आकर्षण बढ्दो

२१ पुष २०७४

इलाम, पुस २१
प्राविधिक विषयमा विद्यार्थीको आकर्षण बढ्दै गएको छ । प्राविधिक विषय अध्ययन गरेर चाँडो जागिर पाउनका लागि पनि विद्यार्थीको यसतर्फ विद्यार्थीको आकर्षण बढ्दै गएको हो । इलाम नगरपालिका–१ स्थित साँखेजुङमा रहेको रत्नकुमार वान्तवा पोलिटेक्निकल इन्स्टिच्युटमा पशु विज्ञान विषयमा विद्यार्थीको सङ्ख्या अघिक छ ।

पढाइ शुरु भएकै पहिलो वर्षमा विभिन्न जिल्लाबाट विद्यार्थी यहाँ अध्यन गर्न आएका छन् । हेटौँडामा बसेर पढ्दै गरेका सागर श्रेष्ठ उक्त विषय अध्ययनका लागि साखेजुङ आएका छन् । उनी प्राविधिक विषय नै अध्ययन गरे चाँडो जागिर खान सकिने भन्दै यहाँ अध्ययन गर्न आएको बताउछन् ।

Advertisement
Advertisement

अध्ययन हुने स्थानमा निकै चिसो छ । सामुद्रिक सतहबाट १ हजार ८ सय मिटरको उचाइमा रहेको पोलिटेक्निक इन्स्टिच्युटमा अध्ययन गर्न आएका धेरैलाई यहाँको मौसम अनुकूल छैन । श्रेष्ठजस्ता धेरैलाई प्राविधिक विषय अध्ययन गर्न मौसमले रोक्न सकेन । अभिभावकको उत्प्रेरणा र पढाइका लागि चियाबारीको जिल्ला भनेर चिनिने इलाममा धेरै विद्यार्थीको जमघट हुने गरेको छ ।

डोटीका सरोज भट्ट पनि अध्ययनकै लागि यहाँ आएका छन् । उनलाई पनि लामो बाटो र इलामको चिसोले रोक्न सकेन । धरानकी कुमारी महत इलामको वातावरण अनुकूल र राम्रो पढाइ हुने भएर इलाम आएको बताउछिन् । पहिलो पटक पठनपाठन हुन थालेको पशु विज्ञान विषय पढेपछि राम्रो अवसर पाइने र इलामको चिसो वातावरणमा अध्ययन प्रभावकारी हुने उनको बुझाइ छ ।

साँखेजुङकै खेमराज दहालले यसअघि नै विज्ञान विषयबाट आइएस्सी गरिसकेका थिए तर सिटिइभिटीअन्तर्गत यहाँ पढाइ हुने थाहा पाएपछि उनी विषय नै परिवर्तन गरी पशु विज्ञानतर्फ होमिएका हुन् । बाहिर बसेर पढ्नभन्दा पनि प्राकृतिकरुपमा सुन्दर आफ्नै जिल्लामा अध्ययन गर्दा थप प्रभावकारी हुने भनेर फर्किएको उनको प्रतिक्रिया छ । पछिल्लो समय प्राविधिक शिक्षातर्फ विद्यार्थीको आकर्षण थपिँदै गएकाले अध्ययनका लागि लामो दूरी पार गरेर आउनेको संख्या उल्लेख्य छ ।

बाह्रै महिना चिसो हुने भएकाले यहाँ विद्यार्थीको अभाव हुन्छ कि भन्ने चिन्ता इन्स्टिच्युट व्यवस्थापक पक्षलाई थियो तर पहिलो याममै विद्यार्थी भर्ना आवेदन माग गरेपछि पूर्वी जिल्ला मात्र हैन पश्चिमी क्षेत्रबाट पनि इच्छुक विद्यार्थी आएपछि इन्स्टिच्युटको त्यो शंका मेटिएको छ । बरु इलामको मौसम राम्रो भएकाले पढ्न आएको अधिकांश विद्यार्थीको प्रतिक्रिया छ । एसइई परीक्षामा विज्ञान, अङ्ग्रेजी र गणितमा ‘सी’ र कूल परिणाममा एक दशमलब छ अंक हासिल गर्ने विद्यार्थीले यहाँ भर्ना हुन पाएका छन् तर यसअघि नै एसएलसी उत्तीर्ण भई विभिन्न संकायमा प्लस टू सकेका विद्यार्थी पनि पशु विज्ञान अध्ययनका लागि आएका छन् । हाल यहाँ ३६ विद्यार्थी भर्ना भएका छन् ।

पाँच वर्षदेखि संरचना निर्माणमा लागेको इन्स्टिच्युटमा भर्खरैदेखि मात्र पढाइ शुरु भएको हो । आउँदो वर्षमा कृषि र विज्ञान विषयमा पनि अध्ययन शुरु हुने इन्स्टिच्यूटका प्रमुख होमप्रसाद अधिकारीले बताए । “शुरुमा कोटाअनुसार विद्यार्थी नआउने हुन् कि भन्ने चिन्ता भए पनि देशभरका विद्यार्थीको आकर्षण देखिएको छ,” प्रमुख होमनाथ अधिकारीले भन्नुभयो, “दक्ष शिक्षक पनि उपलब्ध भएकाले पठनपाठन सहज ढंगले अघि बढेको छ ।”

तीन वर्षे कोर्षका लागि १ लाख ५२ हजार ५०० रुपैयाँ तिरे पुग्ने इन्स्टिच्युटले जनाएको छ । कोर्ष पूरा गरिसकेपछि बिएसिएजी पढ्न विद्यार्थीले प्रतिस्पर्धा गर्न सक्नेछन् । इलाम सदरमुकामदेखि करिब २० किलोमिटर उत्तर मेचीराजमार्ग छेवैमा सञ्चालित इन्स्टिच्युटको निरन्तरताको कामना स्थानीयवासीले गरेका छन् ।

पूर्वप्रधानमन्त्री तथा एमाले नेता झलनाथ खनालसहित स्थानीयवासीले जग्गा निःशुल्क प्रदान गरेपछि सिटिइभिटीले इन्स्टिच्युटको भौतिक निर्माण थालेको थियो । इन्स्टिच्युटका लागि सबै पूर्वाधार तयार नभएकाले भने केही समस्या छ । हाल प्राज्ञिक भवनको पुस्तकालयमा पनि विद्यार्थीलाई पढाइँदै आएको छ भने प्रयोगात्मक कक्षा पनि तयारी हुन बाँकी छ । करिब ४० करोडको लागतमा सम्पन्न हुने सो इन्स्टिच्युटमा भौतिक निर्माण कार्य हालसम्म आधाभन्दा बढी मात्र काम भएको जनाइएको छ ।

Advertisement

एउटा प्रशासनिक भवन, प्रमुख निवास, काउसेट र पशु हस्पिटलको निर्माण कार्य पूरा भएको छ । शैक्षिक प्रयोजनका पाँचवटा भवन निर्माणाधीन छन् । माघसम्ममा सबै संरचना निर्माण पूरा हुने भएकाले त्यसपछि सहज ढंगले पठनपाठन हुने इन्स्टिच्युटका साइड इन्जिनियर रुपेश मैनालीले जानकारी दिए ।
रासस

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top