किशोर विश्वकर्मा
विराटनगर, पुस २१
गत पुस १ गते राती विराटनगरबाट मारुती भ्यान चोरी गर्नेलाई पक्राउ गरि प्रहरीले सार्वजनिक गरेको छ । गत पुस १ गते राती साढे आठ बजे राती विराटनगरको महेन्द्र चौक स्थित ट्क्सी स्टेण्डमा पार्किङ गरि राखिएको को १ ज १४२३ नं. को मारुती भ्यान चोरी गर्ने मारङको गोविन्दपुरका २६ वर्षिय रोन्द्र राजवंशीलाई प्रहरीले पक्राउ गरि सार्व जनिक गरेको हो ।
राजवंशीलाई भ्यान सहित वरगाछीबाट पक्राउ गरेको हो । पक्राउ परेका उनलाई चोरी अन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान भई रहेको मोरङ प्रहरीले जनाएको छ ।