विधेयक पारित भएपछि संसदका कर्मचारीलाई प्रशासनकाे बाटो खुला

काठमाडौं : संघीय संसदका कर्मचारीलाई संघ, प्रदेश र स्थानीय तहमा समेत समायोजनको बाटो खुलेको छ। प्रतिनिधिसभाको शुक्रबारको बैठकले संसद् सेवाबाट प्रशासन सेवामा जानसक्ने प्रावधानसहितको विधेयक पारित गरेको छ।

‘यो ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए पनि व्यवस्थापिका संसद् सचिवालयसम्बन्धी ऐन, २०६४ बमोजिम गठन भएको नेपाल व्यवस्थापिका संसद् सेवाका कर्मचारीलाई संघ, प्रदेश र स्थानीय तहमा समायोजन गरिनेछ’, कर्मचारी समायोजन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा भनिएको छ। समायोजनमा जान चाहने कर्मचारीको विवरण ऐन पारित भएको एक साताभित्र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाउनुपर्ने प्रावधान राखिएको छ।

प्राप्त विवरणका आधारमा मन्त्रालयले एक साताभित्र समायोजन गर्नुपर्ने व्यवस्था छ। संसद् सेवाको सामान्य प्रशासन समूहका कर्मचारीलाई प्रदेश निजामती सेवाको प्रशासन सेवा सामान्य प्रशासन वा स्थानीय सेवाको प्रशासन सेवा , सामान्य प्रशासन समूहको पदमा र अन्य समूहका कर्मचारीलाई मिल्दो सेवा समूहको पदमा समायोजन गरिने विधेयकमा उल्लेख छ।, यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top