किशोर विश्वकर्मा
विराटनगर, पुस १८
विराटनगरलाई १ नं. प्रदेशको राजधानी बनाउन माग गर्दै मोरङ मुस्लिम समाजले आज दिउँसो दवाब र्याली निकालेको छ । मोरङ मुस्लिम समाजले समाजले विराटनगर राजनितिक, सामाजिक, ऐतिहासिक, धार्मीक तथा आर्थिक रुपले अब्बल भएकाले राजधानी बन्ने पहिलो हक विराटनगर भएकाले तत्काल राजधानी ताक्न दबाब दिने उदेश्यले र्याली निकनलेको हो ।
विराटनगर मेनरोड स्थित हनुमान मन्दिर अगाडीबाट निकालिएको र्यालीले नगरका विभिन्न भागको परिक्रमा गरेको थियो । हनुमान मन्दिर अगाडीबाट निकालिएको र्याली ट्राफिक चोक।, महेन्द्र चौक, धरान रोड हुदै जलजला मोड, काली मन्दिर हुदै सुरु भएकै ठाउँमा पुगेर सम्पन्न भएको थियो ।
र्याली पछिको कोणसभामा बोल्दै मोरङ मुस्लिम समाजका अध्यक्ष मण्डलका सदस्य शाहब अहमद गुङ्डु र प्रवक्ता वसिम आलमले विराटनगर १ नं. प्रदेशकोको राजधानी नभए कडा आन्दोलन गर्ने चेतावनी दिए ।
र्यालीमा मोरङ मुस्लिम समाजका अध्यक्ष मण्डलका सदस्यहरु, मुस्लिम समुदायका अगुवा, नागरिक समाजका अगुवाहरु, विभिन्न दलका नेता कार्यकर्ता तथा विराटनगर महानगरबासीको सहभागिता रहेको थियो ।
मोरङ मुस्लिम समाजका प्रवक्ता वसिम आलमले १ नं. प्रदेशको राजधानी बन्ने पहिलो हक विराटनगर रहोकाले विराटनगरलाईनै राजधानी बनाउन दवाव सृजना गर्न आन्दोलनका थप कार्यक्रमहरु ल्याउन सकिने बताए ।
उनका अनुसार आफ्ना माग वेवास्ता गरिए प्रदर्शन गर्ने र अन्य दवाव मुलक आन्दोलन आवश्यक परेको खण्डमा थप कार्यक्रमहरु तय गरिने छ । यस अघि मोरङ मुस्लिम समाजले विराटनगरलाई १ नं. प्रदेशको राजधानी बनाइनुपर्ने माग गर्दै मोरङका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको थियो । उसले गत पुस १८ गते विराटनगर बिप्लटमा २४ घण्टे रिले अनसन समेत बसेको थियो ।