वर्तमान सरकार सही गन्तब्यमा अघि बढ्दैः सभामुख महरा

वर्तमान सरकार सही गन्तब्यमा अघि बढ्दैः सभामुख महरा

विराटनगर,फागुन ४
सभामुख कृष्णबहादुर महराले वर्तमान सरकार सही गन्तब्यमा अघि बढेको बताएका छन ।विराटनगरमा विमानस्थलमा शनिबार विहान सञ्चारकर्मीसंग कुराकानी गदै उनले वर्तमान सरकारका केही कमीकमजोरी रहेपनि सही गन्तब्यमा अघि बढेको बताएका हुन ।

उनले सरकारले अप्ठ्यारा र चुनौतीहरुलाई सामना गर्दै अघि बढिरहेको बताउदै उनले गन्तब्यसम्म पुग्न अझ केहि समय लाग्ने विचार ब्यक्त गरे । सभामुख महराले संघ र प्रदेशकालागि आवश्यक तथा संबिधानसंग बाझिएका १६५ वटा कानुनहरु प्रतिनिधिसभाबाट पास भइसकेको बताउँदै अतिआवश्यक थप कानुनहरु आउदो केहिदिनमा नै पास हुने जानकारी दिए ।

सभामुख महराले आउदो दुई महिनापछि शुरु हुने बजेट अधिवेशनले सरकारले विगतका निति तथा कार्यक्रमहरुको समिक्षा गरेर अग्रगामी तथा संघीयता कार्यान्वयको उद्धेश्यमा आधारित रहेर निति तथा कार्यक्रम र बजेट ल्याउदा राम्रो हुने सुझाव समेत दिए । महरा मोरङको सुन्दरहरैंचामा आजदेखि सुरु हुने एक्स्पोको उद्घाटनका लागि विराटनगर आएका हुन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.