धरान, फागुन ४
बुढासुब्बा गोल्डकपको उपाधि दाउफिन्स फुटबल क्लबले हात पारेको छ । शनिबार धरान रंगशालामा भएको फाईनल खेलमा आयोजक धरान फुटबल क्लबलाई पराजित गर्दै दाउफिन्सले २१ औं बुढासुब्बा गोल्डकपको उपाधि जितेको हो ।
फाइनलमा दाउफिन्सले धरानलाई टाइब्रेकरमा ३–२ ले पराजित गरेको हो । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको नतिजा टाइब्रेकरमा लिइएको थियो ।उपाधिसँगै दाउफिन्सले ८ लाख रुपैयाँ पुरस्कार जितेको छ ।