मारिए पुलवा आक्रमणका मास्टरमाइन्ड

मारिए पुलवा आक्रमणका मास्टरमाइन्ड

एजेन्सी, फागुन ६
भारत प्रशासित जम्मु काश्मिरमा चार दिन अघि अर्धसैनिक बल सवार वसमा आक्रमण गर्ने मुख्य योजनाकार मानिएका कामरान भनिने गाजी रासिदको सेनाको कारवाहीमा सोमबार मृत्यु भएको छ ।

पुलवामा आत्मघाती विष्फोटबाट ४० जना सेनाका जवानको मृत्युपछि सर्च अप्रेशन सुरु गरेको सुरक्षा फौजको कारवाहीमा पुलवा आक्रमणका योजनाकारको मृत्यु भएको भारतीय सन्चारमाध्यामहरुले जनाएका छन ।

यसैबीच पछिल्लो मुठभेडमा भारतीय सेनाका एक मेजर सहित थप चार जवानको मृत्यु भएको छ । मेजर चित्रेशको सोमबारै हरिद्धारमा अन्तिम संस्कार गरिएको छ । पुलवा जिल्लाको पिंगलेनामा विद्रोही लडाकु र सेनाबीच रातभर गोली हानाहान भएको छ ।

गोली हानाहानमा एक जना सैनिक घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । मुडभेडमा २ जना विद्रोही मारिएका छन । मध्यरातबाटै सुरु मुठभेडमा बिहान केहीबेर फायरिङ रोकिएपनि सुरक्षा फौजले घरघरमा सर्च अप्रेशन जारी रहेको जनाइएको छ ।

सो स्थानलाई सेनाले घेराबन्दीमा राखी कफ्र्यु लगाइएको छ । चार दिन अघि बिद्रोहीको आक्रमणमा भारतीय अर्धसैनिक बलका ४० जनाको मृत्यु भएको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.