×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

घिनाघाट–विराटचोक सडकको स्तरोन्नति गर्न प्रदेश सांसदको माग

६ फाल्गुन २०७५

विराटनगर,फागुन ६
प्रदेश नम्बर १ को सोमबारको प्रदेशसभा बैठकमा विराटनगरको घिनाघाटदेखि विराटचोक सम्मको सडकको स्तरोन्नति नभएको भन्दै सोही क्षेत्रका प्रदेशसभा सांसदले प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् ।

मोरङको क्षेत्र नम्बर ४ (ख) का सांसद विजयकुमार विश्वासले झापासँग जोड्ने छोटो दुरीको तथा संघ र प्रदेशका धेरै भिआइपी हिंड्ने सो सडकको स्तरोन्नतिका लागि पहल नभएको भन्दै सरकारको ध्यानाकर्षण गराए । उनले सो सडक खण्डको तुरुन्तै टेण्डर आहन गर्न पनि प्रदेश सरकारको ध्यानाकर्षण गराए ।

Advertisement
Advertisement

विराटनगरदेखि पूर्वपश्चिम राजमार्ग र मोरङको पूर्वी क्षेत्र पुग्नका लागि छोटो बाटोको रुपमा प्रयोग गरिएको घिनाघाट–विराटचोक सडकको दुरी २२ किलोमिटर मात्रै छ । उक्त सडक नहुदा विराटनगरबाट पूर्व जान इटहरीकै बाटो प्रयोग गर्नुपर्ने बाध्यात्मक अवस्था छ । सांसद विश्वासले यसअघि पनि प्रदेशसभाको बैठकमा घिनाघाट–विराटचोक सडकलाई ४ लेनको बनाउन जोडदार माग गर्दै आएका थिए ।

संघीय समाजवादी फोरमकी सांसद राधा थापाले मेची नगरका विभिन्न सडकहरुको स्तरोन्नति गर्नुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराइन् । उनले कच्ची सडकलाई ग्राभेल र ग्राभेल सडकलाई कालोपत्रे गर्नु पर्ने बताइन् ।

Advertisement

सांसद शौभाग्यवती देवी राईले बृक्षारोपण गर्दा मसलाको विरुवा रोप्न नहुने धारणा राखिन् । मसलाको रुखले जमिन सुख्खा बनाउने तथ्यहरु सार्वजनिक भइरहेको भन्दै प्रदेश सरकारले अध्ययनकै बिषय बनाउनु पर्ने बताइन् । सडक किनारमा फलफुलको विरुवा रोपेर सडकलाई समेत आयमुलक बनाउनु पर्ने उनको सुझाव छ ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top