गैंडा संरक्षणको कथामा बनेको ‘खाग’को ट्रेलर सार्वजनिक (भिडियो)

६ फागुन ७५, मंगलबार

काठमाडौँ, फागुन ६
चलचित्र ‘खाग’ को ट्रेलर सार्वजनिक भएको छ । मनोज पण्डित निर्देशित सो फिल्मको टे«लर सोमवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो ।

फागुन २४ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको सो फिल्मको टे«लरमा गैंडा संरक्षणका लागि भएको प्रयासको कथा भनिएको छ । ‘खाग’ को ट्रेलर रिलिज कार्यक्रममा फस्टलुक पोस्टर पनि सार्वजनिक गरिएको थियो ।

कमलजंग कुँवर लिखित ‘गैंडालाई चार वर्ष’ पुस्तकमाथि निर्माण भएको सो फिल्ममा प्रविण खतिवडा प्रमुख भूमिकामा छन् । उनी फिल्ममा लेखक कुँवरको भूमिकामा छन् । निर्देशक पण्डित, पुस्कर गुरुङ, अशान्त शर्माको पनि यसमा अभिनय छ ।

Advertisement

फिल्मले एउटा व्यक्तिको संघर्षको कथा भन्ने निर्देशक पण्डितले बताए ।ट्रेलर रिलिज कार्यक्रममा फिल्मसँग सहकार्य गरेको इ–सेवाले ‘रिभ्यू कन्टेस्ट’ पनि घोषणा गरेको छ ।

प्रदर्शनको दिन फागुन २४ गतेदेखि २७ गतेसम्म फिल्मको रिभ्यू लेखेर पठाउने मध्येबाट प्रथमलाई १० हजार, दोस्रोलाई ५ हजार र तेस्रोलाई २५ सय प्रदान गरिनेछ ।  दीपक बज्रचार्यको छायांकन रहेको फिल्मलाई पदम तिमल्सिनाले सम्पादन गरेका हुन् । फिल्मलाई प्रमिला कुँवरले निर्माण गरेकी हुन् ।

Advertisement
Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top