विराटनगर, फागुन ६
प्रदेश १ को प्रदेशसभा वैठकमा प्रदेश भवन निर्माण सम्बन्धमा बनेको विद्येयक २०७५ माथि छलफल सुरु भएको छ । बैंठकमा प्रदेश भवन निर्माण सम्बन्धमा बनेको विद्येयक २०७५ माथि ६ जना सांसदहरुले सैद्धान्तिक विषयमा सुझाव दिएका छन् ।
जसमा बलबहादुर सामसुहाङ , मोहम्मद ताहिर मिया, राजकुमार ओझा, पूर्णप्रसाद राई, लक्ष्मण तिवारी, बिमल कार्कीलगायत छलफलमा सहभागी भए । भवन निर्माण सम्बन्धी मापदण्ड बने पनि लागू नभएको भन्दै प्रदेश सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका थिए ।
पक्की घरलाई मात्र विद्येयकले समेटेको भन्दै सबै घर र भवनलाई विद्येयकभित्र समेट्नुपर्ने सुझाव उनीहरुको थियो । भुकम्प प्रतिरोधी भवन बनाउने र घर जग्गा नक्सा पास नभई भवन निर्माण गर्न रोक लगाउने भनिए पनि सार्वजनिक जग्गामा नै नक्सा नै पास नभई भवन बनेको भन्दै प्रदेश सरकारको ध्यानाकर्षण समेत गराएका छन् ।
आन्तरीक मामीला तथा कानुन मन्त्री हिक्कमत कार्कीले पेश गरेको प्रदेश भवन निर्माण सम्बन्धमा बनेको विद्येयक २०७५ मा २२ वटा बुँदा रहेका छन् ।