११ हजार नायब सुब्बा र खरिदारको समायोजन सूची सार्वजनिक

११ हजार नायब सुब्बा र खरिदारको समायोजन सूची सार्वजनिक

काठमाडौं : सरकारले ११ हजार ८३ जना नायब सुब्बा र खरिदारको समायोजन सूची सार्वजनिक गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अहिलेसम्म नायब सुब्बा र खरिदार गरी ११ हजार ८३ जनाको सूची सार्वजनिक गरेको हो।,यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।

त्यसमध्ये ६ हजार चार सय ७७ नायब सुब्बा र ४ हजार ६ सय ६ खरिदार छन्। समायोजन भएका नायव सुब्बा मध्ये सामान्य प्रशासनतर्फ पाँच हजार आठ सय दुई जना छन् भने राजस्व तर्फ ६७५ जना छन्। त्यसमध्ये सामान्य प्रशासनतर्फ तीन हजार तीन सय १० जनाले संघ, एक हजार एक सय ५९ जनाले प्रदेश र एक हजार तीन सय ३३ जनाले स्थानीय तह रोजेका छन्।

त्यस्तै समायोजन भएका प्रशासन सेवा सामान्य प्रशासन समूहका चार हजार ६ सय ६ जना खरिदारमध्ये संघमा तीन हजार एक सय १४, प्रदेशमा तीन सय ७८ र एक हजार एक सय १४ जनाले स्थानीय तह रोजेका छन्। संघमा समायोजन भएका स्थानीय तथा प्रदेश तहमा कार्यरत कर्मचारीलाई तत्काल रमाना नदिइने भएको छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.