‘पेट्रोलियम पदार्थमा तत्काल मूल्यवृद्धि हुँदैन’

९ फागुन ७५, शुक्रबार

काठमाडौँ , फागुन १०

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भए पनि नेपाल आयल निगमले तत्कालका लागि मूल्य वृद्धि नगर्ने स्पष्ट पारेको छ ।

निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार इण्डियन आयल कर्पोरेसनले यही फागुन ४ गते पठाएको नयाँ मूल्यसूचीअनुसार पेट्रोलमा प्रतिलिटर ७७ पैसा र डिजलमा प्रतिलिटर एक रुपैयाँ ८४ पैसा मूल्य बढेर आएको छ ।

निगमले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य वृद्धि हुने क्रम जारी रहेको जनाएको छ । सर्वसाधारणको हितलाई ध्यानमा राखी निगमले हाललाई पेट्रोलियम पदार्थको साबिककै बिक्री मूल्यलाई यथावत् राखेको जनाएको छ । हाल पेट्रोलको मूल्य प्रतिलिटर रु ११० र डिजल तथा मट्टितेलको मूल्य रु ९७ छ ।

इण्डियन आयल कर्पोरेसनले गत माघ २ देखि यही फागुन ४ गतेसम्मका लागि पठाएको मूल्यसूचीमा पेट्रोलमा प्रतिलिटर तीन रुपैयाँ ६३ पैसा र डिजलमा ६ रुपैयाँ ५७ पैसा मूल्य वृद्धि भएको भए तापनि सो अवधिमा निगमले पेट्रोल र डिजल दुवैमा प्रतिलिटर रु दुई मात्रै मूल्यवृद्धि गरेको जनाएको छ । रासस

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top