आफन्तको विवाहमा सशस्त्रका एसपीले लगे स्कर्टिङसहित गाडी

आफन्तको विवाहमा सशस्त्रका एसपीले लगे स्कर्टिङसहित गाडी

धनगढी : सशस्त्र प्रहरीका एसपीले आफन्तको विवाहमा स्कर्टिङसहित गाडी प्रयोग गरेका छन् । सरकारी सम्पत्ति निजी कामकमा प्रयोग गर्न नपाइने व्यवस्थाका उल्लघंन गर्दै एसपी प्रदीप पालले हतियारसहित सशस्त्र प्रहरी जवान पछाडि राखेर आफन्तको विवाहमा गाडी प्रयोग गरेका हुन् । ना १ झ १४९७ नम्बरको साइरनसहित सशस्त्र प्रहरीको स्कोरपियो पिकअप गाडी धनगढीको चौराहदेखि ओम प्यालेससम्म नाचिरहेका जन्तीको पछिपछि हिँडेको देखेपछि पत्रकारको नजरमा परेको थियो ।

पिकअप गाडीको पछाडि दुई जना जवान हतियारसहित एसपीका बालबच्चा र आफन्त जन्ती जाने गरी सजिएका देखेपछि पत्रकारले गाडीको पिछा गरेका थिए ।काठमाडौं गोल्डेन्सको क्रिकेट टिमले डिपिएल बहिष्कार गरेपछि आयोजित पत्रकार सम्मेलनमा गइरहेको पत्रकारको टोलीले देखेपछि उक्त गाडी विवाहको लस्कर छाडेर ओम प्यालेसतिर हुइँकिएको थियो । यो समाचार शिवराज भट्टले अन्नपूर्णमा लेखेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.