यस्तो छ आजको बार्सिलोनाको सम्भावित टोली

१४ फागुन ७५, बुधबार

एजेन्सी, फाल्गुन १४
यसअघि अन्तिम आठमा प्रशिक्षक अर्नेस्टो भाल्भर्डेले टिमको संरचनामा परिवर्तन गरेका थिए । किनभने, त्यसबेला उनलाई उति चर्को दबाब थिएन ।

तर, रियलविरुद्ध दोस्रो तथा निर्णायक लेगमा उत्रिँदा उनीलाई कमजोरी गर्ने कुनै छुट छैन । रियलको घरमा उत्रिँदा भाल्भर्डेले पहिलो रोजाइका खेलाडी उतार्ने तयारी गरेका छन् ।

स्पेनिस मिडियाले क्लबको स्रोत उद्धृत गर्दै प्रकाशित गरेका समाचारअनुसार भाल्भर्डेले रियलविरुद्धको दोस्रो लेगको खेलमा अघिल्ला खेलको टिमभन्दा फरक गरेका छन् । यसअघि उनले माल्कोम, सरुवा भइसकेका मुनिर इएल हदादी, डेनिस स्वारेज र केभिन प्रिन्स बोटेङलाई खेलाएका थिए ।

Advertisement

तर, रियलविरुद्ध त्यस्तै टिम अपर्याप्त हुने भाल्भर्डेलाई राम्रोसँग थाहा छ । त्यसैले रियलविरुद्धको खेलमा भाल्भर्डेले बार्सिलोनाको आक्रमण लाइनमा पहिलो रोजाइको टिम उतार्ने भएका छन् । यसअघि महत्त्वपूर्ण खेलमा भाल्भर्डेले आक्रमण लाइनमा कप्तान लिओनल मेस्सी, उसमान डेम्बेले र लुइस स्वारेलाई उतार्दै आएका छन् । केही खेलमा फिलिपे कोउटिन्हो पनि सुरुआती टिममा परेका छन् ।

रियलविरुद्धको खेलमा भाल्भर्डेले पनि सोही टोलीलाई उतार्ने तयारी गरेका छन् । जसमा रियलको घरमा हुने सो खेलमा मेस्सी, डेम्बेले र स्वारेज फ्रन्टलाइनमा हुनेछन् ।

Advertisement

यो सिजन मेस्सी कोपामा मात्रै दुई खेलमा सुरुआती टोलीमा परेका छन् । त्यसमा उनी दुवै खेलमा सेभिल्ला र लेभान्टेविरुद्धको रिटन लेगमा मैदान उत्रिएका छन् । पहिलो लेगमा पछि परेको अवस्थमा दोस्रो लेगमा मेस्सीलाई टिममा राखिएको थियो ।

मेस्सीले पछिल्लो समय ला लिागमा सेभिल्लाविरुद्धको खेलमा सनसनीपूर्ण ह्याट्रिक गर्दै उत्कृष्ट लय देखाएका छन् । रियलविरुद्धको खेलमा भाल्भर्डेले मेस्सीको सोही ऊर्जा र मनोबललाई मुख्य हतियार बनाउनेछन् । बार्सिलोनालाई फाइनलसम्म लैजान मेस्सीले सो खेलमा महत्त्वपूर्ण योगदान दिनेमा प्रशिक्षक ढुक्क छन् ।

रियलविरुद्धको खेलमा उरुग्वेन खेलाडी लुइस स्वारेज पनि सुरुआती टोलीमा पर्नेछन् । पछिल्लो समय खराब लयबाट गुज्रिएका स्वारेजले पछिल्लोपटक सेभिल्लाविरुद्धको खेलमा इन्जुरी समयमा १ गोल गरेर गोलको खडेरी टारेका थिए । तसर्थ, रियलविरुद्धको खेलमा भाल्भर्डेले स्वारेजलाई सुरुआती टोलीमै राख्नेछन् । स्मरण रहोस्, ला लिगाअन्तर्गत सिजनको पहिलो इएल क्लासिकोमा स्वारेजले रियलविरुद्ध रोमाञ्चक ह्याट्रिक गरेका थिए ।

रियलविरुद्धको खेलमा उसामान डेम्बेलेलाई पनि भाल्भर्डेले पहिलो रोजाइमा राख्ने भएका छन् । यो सिजन बार्सिलोनाका ठूला खेलमा निकै प्रभाव जमाउँदै आएका डेम्बेले रियलविरुद्ध सुरुमै उत्रिनेछन् । यो सिजन कोपामा ३ खेलबाट २ गोल गरेका डेम्बेलेले १ गोला लागि असिस्टसमेत गरेका छन् । उनले यो सिजन सबैखाले प्रतियोगिता गरेर कूल ३० खेलबाट १२ गोल गरेका छन् । यस खेलमा भाल्भर्डेले ब्राजिलियन स्टार फिलिपे कोउटिन्होलाई बेन्चबाट मैदान छिराउने तयारी गरेका छन् । पछिल्लो समय औसत मात्रै प्रदर्शन गरिरहेका उनी रियलविरुद्धको सुरुआती टोलीमा नपर्ने बताइएको छ । त्यसैगरी, यसअघि बार्सिलोनाको घरमा भएको पहिलो लेगको खेलमा बार्सिलोना पछि परेको अवस्थमा बराबरी गोल गरेका माल्कोम पनि रियलविरुद्ध उत्रिनेछन् । तर, उनलाई पनि बेन्चमै राखिनेछ ।

Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top