झापा, फागुन १६
झापाको दमक नगरपालिका–१० मा बुधवार स्कुलको गेटले किचेर १ बालकको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् ।दिउँसो साढे २ बजे जनता प्राथमिक बिद्यालयमा नर्सरीमा अध्ययनरत मोरङ कानेपोखरी–२ घर भई हाल दमकमा डेरा गरी बस्ने छुका हेमरनको ७ वर्षीय छोरा बिजेन्दर हेमरनलाई स्कुलमा खेल्ने क्रममाअचानक मेन गेट लडेर किचेको थियो ।
गेटले थिचेर गम्भीर घाइते भएका बालकलाई उपचारको लागि लाईफलाईन अस्पताल दमक पठाईएकोमा उपचारको क्रमममा दिउँसो पौने ३ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।साथै सोही गेटले थिचेर दमकनगरपालिका–१० बस्ने फुलमाया दर्जीकी ९ वर्षीया छोरी कीतारा दर्जी समेत घाइते भई सोही अस्पतालमा उपचार भईरहेको छ ।