हड्डी अड्किएर सुनसरीमा १ जनाको मृत्यु

सुनसरी, फागुन १६

सुनसरीको ईटहरी उप–महानगरपालिका–१९ अमाहमा बुधवार राती हड्डी अड्किएर १ जनाको मृत्यु भएको छ । हड्डी अड्किएर सोही स्थान बस्ने ६१ वर्षीय हरि चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।

राती सवा ९ बजे मासु खाने क्रममा घाँटीमा हड्डी अड्किए पछी उपचारको लागि धरान लैजाने क्रममा उनको बाटोमा नै मृत्यु भएको उक्त कार्यालयले जनाएको छ ।

Scroll to Top