पूर्वअर्थमन्त्री अधिकारीको स्वास्थ्य अवस्था नाजुक

पूर्वअर्थमन्त्री अधिकारीको स्वास्थ्य अवस्था नाजुक

काठमाडौं, फागुन १८
पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्यस्थित गम्भीर रहेको उनको उपचारमा संलग्न चिकित्सकले बताएका छन्। विगत तीन सातादेखि धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचाररत अधिकारीलाई कृत्रिम श्वासप्रश्वासका लागि ‘भेन्टिलेटर’मा राखिएको छ।

पूर्वअर्थमन्त्री अधिकारीलाई बचाउन सक्ने सम्भावना कम देखिएको जनाउँदै डा पन्तले चिकित्सा विज्ञानअनुसारका सबै उपचारविधि अपनाउँदा पनि उनको स्वस्थ्यमा सुधार नभएको बताएका छन्। अस्पतालका मेडिकल डाइरेक्टर डा भाष्करराज पन्तका अनुसार उनको रक्तचाप बढाउन औषधि प्रयोग गरिएको छ।

अधिकारीको शरीरका महत्वपूर्ण अङ्गले काम गर्न छाडेका छन्। बितेका २४ घन्टादेखि पिसाबसमेत बन्द भएको चिकित्सकको भनाइ छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.