विराटनगरमा नमुना आवास कार्यक्रमको शिलान्यास

१९ फागुन ७५, सोमबार

एजेन्सी, फाल्गुन २०
नेपाल सरकार र विराटनगर महानगरपालिकाको संयुक्त लगानीमा विराटनगर महानगरपालिका स्थित वडा नम्बर ५ मा १ सय नमुना आवास गृह बनाइने भएको छ । स्थानीय कंचनबारी चोक केशलिया नजिक रहेको झण्डै २ विगाह क्षेत्रफलमा आवास गृह बनाइन लागेको हो । सुकुम्वासी तथा विपन्न परिवारका लागि आवास निर्माण कार्यक्रमको सोमवार विराटनगरमा शिलान्यास गरिएको छ ।

सो आवास निर्माणका लागि ह्यावीटेट फर ह्युमानिटी इन्टरनेसनल नेपाल,उद्योग संगठन मोरङ,मोरङ ब्यापार संघ लगायतको समेत सहभागिता रहनेछ । नेपाल सरकारको २ करोड ,ह्यावीटेट नेपालको १ करोड ५० लाखको सहयोग रहनेछ भने उद्योग संगठन मोरङ र मोरङ ब्यापार संघले २० वटा घर बनाउने सहमति भएको छ । शिलान्यास कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालवावु पण्डितले तीनै तहका सरकारहरु देश निर्माण सहित समृद्धिको बाटोमा हिडेरहेको बताए । उनले भूमीहिन र विपन्न बर्गका समुदायको जीवनस्तर उठाउन सरकार कटिवद्ध भएर लागेको बताए ।

संघीय,प्रदेश र स्थानीयतहमा निर्वाचित जनप्रतिनिधि केही गरौ भन्ने भावनाका साथ काम गरिरहेको दावी गरे । तराइ,मधेस समृद्धि कार्यक्रमले समेत गति लिएको र चाढै नै जनताले राहत पाउदै जाने मन्त्री पण्डितले बताए । उनले विराटनगरमा भइरहेका विकास निर्माणका कामहरु सन्तोषजनक रुपमा अगाडी बढीरहेको बताए । आफु सम्लग्न भएर महानगरका मेयरको अगुवाइमा भएका सवै कामले पूर्णता पाउने दावी समेत उनले गरे ।

कार्यक्रममा प्रदेश नं.१ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले जन अपेक्षा अनुरुपका कामहरु हुदै गएको बताए । राज्यले जग्गा र धनीपुर्जा बाढ्ने भन्दा पनि निश्चित बर्ग र समुदायका व्यक्तिहरुलाई आवासको व्यवस्था गर्नु पर्नेमा जोड दिए । विराटनगर महानगरका मेयर भीम पराजुलीले आफ्नो कार्यकालमा थालनी भएका शिलान्यास सहित जनहितका कार्यक्रम आफ्नै पालामा सम्पन्न गर्ने लक्ष्यका साथ काम गरिरहेको बताए ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top