तेह्रथुममा जलेर एक युवतीको मृत्यु

तेह्रथुममा जलेर एक युवतीको मृत्यु

तेह्रथुम, फागुन २१
तेह्रथुमको छथरगाउँपालिका २ हमरजुङ्गकी राममाया कार्कीको घरमा मंगलबार विहान आगलागी हुदाँ एक किशोरीको जलेर मृत्यु भएको छ ।
आगलागीबाट कार्कीकी २० वर्षीया छोरी सम्झना कार्कीको जलेर मृत्यु भएको हो ।

कार्कीको काठले बनेको दुई तल्ले घरमा आगलागी हुदँ छोरी सम्झानाको घर भित्रै जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । आगलागीमा परी घाईते आमा राममायालाई स्थानीय स्वास्थ्य चौकीका उपचार हुन नसके पछि थप उपचारको लागि धरान स्थित विपी कोइराला विज्ञान प्रतिष्ठान ल्याइएको छ ।

आगलागीको कारण भने खुल्न सकेको छैन । सो आगलागीबाट १० लाख बराबरको क्षति भएको प्रहरीले अनुमान गरेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.