भुँडी घटाउने अभियानमा प्रहरी

भुँडी घटाउने अभियानमा प्रहरी

स्याङ्जा : मोटो हुनु र भुँडी बढ्नुले कार्यसम्पादनमा असर परेको भन्दै जिल्ला प्रहरीले मातहत प्रहरीको शारीरिक बनोट सुधारमा ध्यान दिएको छ । प्रहरी जवान सुनिल राई जिल्ला प्रहरीको सञ्चार शाखामा कार्यरत छन् ।

कम्प्युटर अपरेटरको भूमिकामा रहेका उनलाई बाहिरी ड्युटी खासै पर्दैन। समय, घटना र परिस्थितिबाहेक अन्य सामान्य अवस्थामा कार्यालयमै सञ्चारको जिम्मेवारी सम्हाल्छन्। कार्यालय बाहिर वा मुद्दा फाँट जस्तो बढी व्यस्त हुने शाखामा काम गर्न नपर्ने जोकोही पनि अलि फुर्सदिला हुन्छन्। यही कारण जिम्मेवारी र अल्छीपन बढ्दै गएको अनुभव उनमा छ।

केही महिनाअघि प्रमुख भएर आएका प्रहरी उपरीक्षक राजकुमार लम्सालले अधिकांश प्रहरीमा मोटोपना बढी र भुँडी लागेका मात्र देखेपछि हरेक दिन बिहान दौडने गरेको बताए। दैनिक हुने हूलहुज्जत, आन्दोलन र आपराधिक क्रियाकलाप नियन्त्रणमा खटिनु प्रहरीको ड्युटी हो। राईले दौडन सुरु गरेदेखि तनावमुक्त हुने र आफ्नो अल्छीपन हट्दै गएको अनुभव सुनाए।, यो खबर आजको कान्तिरपुर दैनिकमा छापिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.