आन्दोलन गर्ने चेतावनीपछि उखु किसानले पाउन थाले अनुदान

आन्दोलन गर्ने चेतावनीपछि उखु किसानले पाउन थाले अनुदान

काठमाडौँ : उखुको अनुदान रकम नपाए आन्दोलन गर्ने चेतावनी दिएका किसानहरुलाई बुधबारदेखि अनुदान रकम दिन सुरु भएको छ।मंगलबार किसानहरुले अनुदान नपाए तीन दिनपछि आन्दोलन गर्ने चेतावनी दिएका थिए।,यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ ।

बुधबार पहिलो दिन हरिवन, लालबन्दी, ईश्वरपुर र बागमतीका किसानको रकमको चेक इन्दुशंकर चिनी उद्योगले जिल्ला प्रशासन कार्यालयबाट बुझेको छ । पहिलो दिन जिल्ला प्रशासन कार्यालयबाट उद्योगले ४ हजार १ सय २३ किसानको रकम बुझेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

पहिलो दिन ९ करोड २७ लाख २९ हजार २ सय २५ रुपैयाँ ७१ पैसाको चेक इन्दुशंकर चिनी उद्योग हरिवनलाई दिएको जिल्ला प्रशासन कार्यालय सर्लाहीका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले बताएका छन्।

पहिलो दिन ४ वटा नगरपालिकाका किसानहरुको अनुदान रकमको चेक उद्योगलाई दिइएको प्रजिअ पोखरेलले बताएका छन् । अर्को बैठक बसेर बिहीबार फेरि केही गाउँपालिका र नगरपालिकाको किसानको अनुुदान रकम पठाउने बताइएको छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.