संविधान बिपरित गर्ने छुट कसैलाई छैनः उपप्रधानमन्त्री पोखरेल

२४ फागुन ७५, शुक्रबार
Share this
722shares

एजेन्सी, फाल्गुन २४
उपप्रधान एवम रक्षामन्त्री ईश्वर पोखरेलले संविधान विपरित कार्य गर्ने छुट कसैलाई नभएको वताएका छन । विराटनगर विमानस्थलमा शुक्रबार संचारकर्मीसंग कुरा गर्दै उनले आन्दोलनको नाममा संविधानमाथि आघात पुु¥याउने काम सरकारलाई सह्य नहुुने वताए । संविधानले सवैलाई अधिकार दिएकाले अबपनि यो वा त्यो बहानामा मुलुकलाई अल्झाउन नहुने उनले वताए । उनले शान्तिपूर्ण आन्दोलनगर्ने र जनताका विचमा आफना कुरा राख्ने अधिकार सवैलाई भएको भन्दै संविधानको परिधि भित्र रहेर समस्याको समाधान खोज्नुपर्ने उल्लेख गरे । उनले नेपालको संविधानमा तिन तहको सरकारको कामका बारेमा प्रष्ट उल्लेख भएकाले तिनैतहको सरकार समन्वयका साथ अघि वढेको वताए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top