एजेन्सी, फाल्गुन २४
उपप्रधान एवम रक्षामन्त्री ईश्वर पोखरेलले संविधान विपरित कार्य गर्ने छुट कसैलाई नभएको वताएका छन । विराटनगर विमानस्थलमा शुक्रबार संचारकर्मीसंग कुरा गर्दै उनले आन्दोलनको नाममा संविधानमाथि आघात पुु¥याउने काम सरकारलाई सह्य नहुुने वताए । संविधानले सवैलाई अधिकार दिएकाले अबपनि यो वा त्यो बहानामा मुलुकलाई अल्झाउन नहुने उनले वताए । उनले शान्तिपूर्ण आन्दोलनगर्ने र जनताका विचमा आफना कुरा राख्ने अधिकार सवैलाई भएको भन्दै संविधानको परिधि भित्र रहेर समस्याको समाधान खोज्नुपर्ने उल्लेख गरे । उनले नेपालको संविधानमा तिन तहको सरकारको कामका बारेमा प्रष्ट उल्लेख भएकाले तिनैतहको सरकार समन्वयका साथ अघि वढेको वताए ।