प्रहरी अधिकृतलाई बञ्जीजम्प अनिवार्य

२५ फागुन ७५, आइतबार

सिन्धुपाल्चोक,फागुन २५

रोमाञ्चकारी र साहसिक रुपमा खेलिँदै आएको सिन्धुपाल्चोकको लिस्तीमा अवस्थित बञ्जीजम्प आजदेखि प्रहरी अधिकृतको सेवा प्रवेश तालीममा पनि अनिवार्य गरिएको छ ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानबाट सञ्चालित १७९औँ समूहका प्रहरी निरीक्षक आधारभूत तालीममा सहभागी १४ जना महिलासहित १२० जनाले बञ्जीजम्प गरेका छन् ।

Advertisement

प्रहरीलाई विभिन्न समयमा उद्धार कार्य गर्नुपर्ने परिस्थितिमा आइपर्ने हुँदा बञ्जीजम्प अनीवार्य गरिएको प्रतिष्ठानका प्रहरी उपरीक्षक मधुसुदन लुईंटेलले बताए । यस प्रकारको तालीम गतवर्ष पनि सोही स्थानमा दिइएको थियो ।
पर्यटन सम्बन्धी वेभ नामक पत्रिकाका अनुसार विश्वको सबै भन्दा अग्लो बञ्जीजम्प दक्षिण अफ्रिकामा छ । त्यहाँको बञ्जीजम्पको उचाई २२० मिटर रहेको छ । भोटेकोशीको बञ्जीजम्प १६० मिटरको उचाइमा विश्वको दोस्रोमा पर्दछ ।

भोटेकोशी गाउँपालिका–५ मार्मिङ र वडा नं १ लिस्ती जोड्ने उक्त बञ्जी द लाष्ट रिसोर्ट प्रालिद्वारा नेपाली व्यवसायी विष्णुप्रसाद न्यौपाने र नेदरल्याण्ड नागरिक डेविडले विसं २०५६ देखि सञ्चालनमा ल्याएका थिए ।

Advertisement

हाल दैनिक एक हजार २०० सम्म बञ्जी गर्न आउने र त्यसमध्ये ८५ प्रतिशत स्वदेशी रहेको व्यवस्थापक कुमार राउतले जानकारी दिए ।रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

इरान युद्ध रोकियो, तेलको भाउ पनि घट्यो तर नेपालमा किन घटेन ?

petrol-pump-india_AFP

सम्बन्धित समाचार

Scroll to Top