कर्णेलको निजी घर बनाउन ५८ सैनिक खटाईए

नवलपरासी,फागुन २५

बहालवाला कर्णेलले आफ्नो घरको पर्खाल लगाउन नेपाली सेनाका जवानलाई खटाएका छन् । कर्णेल रवीन्द्र लुइँटेलले गैंडाकोट नगरपालिका–२ प्रगति टोलस्थित १२ आना जग्गामा पर्खाल लगाउन चार दिनमा ५८ सैनिक खटाएका हुन् ।

निजी काममा सेना प्रयोग गरेको भन्दै स्थानीयले उनको विरोध गरेका छन्। लुइँटेल हात्तीखोरस्थित नेपाली सेनाको वन तथा पर्यावरण निर्देशनालयका गणपति हुन्। सैनिकलाई यसरी निजी काममा लगाउनु सैनिक ऐनविपरीत हो।

Advertisement

उक्त जग्गा लुइँटेलकी आमा रामपियारीको नाममा छ। बिहीबारदेखि शुक्रबारसम्म दैनिक ८ घण्टाका दरले सैनिक काममा खटिएका थिए। शनिबार बिहानैदेखि २२ सैनिक परिचालन गरिएका थिए। तीमध्ये कोही सैनिक पोसाक त कोही सेनाको काम गर्दा लगाउने पोसाकमा थिए।

हात्तीखोरबाट ४१ किलोमिटर टाढाको गैंडाकोटस्थित जग्गामा सैनिक ओसार्न ना १ झ ९९७ नम्बरको सरकारी पिकअप भ्यान र ट्रक प्रयोग गरिएको छ। निजी काममा सेनाको गाडी प्रयोग गरिएकोमा पनि स्थानीयले आलोचना गरेका छन्।

Advertisement

सैनिकले चार दिनमा ४५ फिट लामो पर्खाल लगाइसकेका छन्। तल ढुंगाले उठाएर माथि इँटाको पर्खाल लगाइएको छ। सेनाका डकर्मी र सिकर्मी ल्याएर खाल्डा खन्ने, ढुंगाको पर्खाल लगाउन लगाएका कर्णेलले तिनलाई छुट्टै पारिश्रमिक दिँदैनन्।

‘करसापले उर्दी जारी गरेपछि घरकै काम भए’नि नाइँ भन्न पाइएन,’ एक सैनिक जवानले भने । (कान्तिपुरबाट)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

इरान युद्ध रोकियो, तेलको भाउ पनि घट्यो तर नेपालमा किन घटेन ?

petrol-pump-india_AFP

सम्बन्धित समाचार

Scroll to Top