Nepal Times
Nepal Times
3
Shares

मोरङका तीन महिला खेलाडी विराटनगरका सद्भावना दूत नियुक्त

मोरङका तीन महिला खेलाडी विराटनगरका सद्भावना दूत नियुक्त

विराटनगर, फागुन २८
तीन जना मोरङका खेलाडी सरु लिम्बू, कविता धिमाल र मनमाया लिम्बूलाई विराटनगर महानगरपालिकाको सद्भावना दूतमा नियुक्त गरिएको छ ।

ओलम्पिक छनोटमा पहिलो पटक भाग लिएर दोस्रो चरणमा प्रवेश गरेको र भारतमा सम्पन्न हिरो कपमा उपविजेता बनेको नेपाली टोलीलाई सोमबार विराटनगरमा पुरस्कार वितरण कार्यक्रममा उनीहरुलाई सद्भावना दूतमा नियुक्त गरिएको हो ।

उनीहरुलाई विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले उनीहरुलाई विराटनगर महानगरपालिकाको सद्भावना दूतमा नियुक्त गरेका हुन् । उनले मंगलबारबाट विराटनगरमा सुरु हुने पाँचौं संस्करणको साफ महिला च्याम्पियनसिपमा विजयको शुभाकामना दिंदै उपाधि उचालेपछि थप नगद पुरस्कारले खेलाडीलाई सम्मान गर्ने घोषणा गरे ।

त्यस्तै कार्यक्रममा ओलम्पिक र हिरो कपमध्ये एकमा सहभागीलाई ५०/५० हजार पुरस्कार र दुवै प्रतियोगितामा सहभागीलाई एन्फाले एक लाख रुपैयाँका दरले पुरस्कृत गरेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2023 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.