×

NEPAL TIMES UPDATES

Playing
जब हिन्दु ‘ईद मुबारक’ भन्छ र मुस्लिम ‘दशैं’ मनाउँछन् — त्यो नेपाल हो|| Nepal Times
Mar 21, 2026
Playing
आज सातै प्रदेशमा असिना र हावाहुरीसहित वर्षा, बीपी राजमार्ग अवरुद्ध || Nepal Times
Mar 21, 2026
Playing
यु द्धको भुमरीमा नेपाली पनि परे, हो र्मुज क ब्जा गर्न हिड्यो अमेरिका|| Nepal Times
Mar 20, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-06-2082 || Nepal Times
Mar 20, 2026
Playing
हावाहुरीसहित वर्षाः जहाज लखनऊ र कोलकाता ‘डाइभर्ट’ || Nepal Times
Mar 20, 2026
Playing
के जनताले भावनामा बगेर रास्वपालाई जिताएका हुन् ? कांग्रेसको समीक्षाले के भन्छ ?|| Nepal Times
Mar 20, 2026
Playing
गगनको असफलताले जन्मियो रास्वपा, गगन–रविको दूरी कसरी बढ्यो ? || Nepal Times
Mar 20, 2026
Playing
इरानले किन हार मानिरहेको छैन् ? नडराउने कारण यस्तो छ ? || Nepal Times
Mar 20, 2026
Playing
बालेनको सपथ यादगार बन्ने, विदेशी पाहुनालाई पनि निम्तो ? || Nepal Times
Mar 20, 2026
Playing
Weather update: दिउँसै अँध्यारो भए काठमाडौँसहित लुम्बिनीका जिल्ला, भीषण वर्षा
Mar 20, 2026

जीवनबीमाको आधा शतकको इतिहास तर एक्चुरी भारतबाटै, किन छैनन् नेपाली बीमाङ्की ?

२८ फाल्गुन २०७५

काठमाडौं : नेपाली जीवनबीमा व्यवसायले करिब ५० वर्षको इतिहास बनाउँदा पनि हालसम्म नेपालमा भने एकजना पनि बीमाङ्की उत्पादन हुन सकेका छैनन् । राष्ट्रिय बीमा संस्थानले २०२९ मा जीवनबीमा व्यवसाय सुरु गरेसँगै सुरु भएको नेपाली जीवनबीमा व्यवसायको प्रोडक्टको निर्माण र मूल्याङ्कनको प्रमुख भूमिका बहन गर्नुपर्ने बीमाङ्की व्यवसाय अहिले पनि भारतीय बीमाङ्कीहरुमै भर पर्नुपर्ने भएको हो । हाल नेपालमा सञ्चालनमा रहेका १९ जीवनबीमा कम्पनीहरुले भारतबाटै त्यस्ता बीमाङ्कीहरु हायर गर्दा नेपाली बीमा कम्पनीहरुमा र नियामक बीमा समितिमा पनि त्यस्तो प्राविधिक विषयबारे जानकारी भएको व्यक्ति अभाव देखिन्छ ।

के हो एक्चुरी ?

Advertisement

जीवनबीमा कम्पनीहरुले ल्याउने हरेक बीमालेखहरुलाई बीमा कम्पनीको कम्पनीको आर्थिक अबस्था, सबलता, कमजोरी, अवसर र चुनौतीका साथै अर्थतन्त्रको बाह्य वाताबरण समेतको आधारमा भविष्यको कम्पनीहरुको सम्पत्ति र दायित्व मूल्याङ्कन गर्ने र सोही मूल्याङ्कनका आधारमा कम्पनीको दायित्व बहन र बोनस क्षमता निर्धारण गर्ने व्यक्तिलाई एक्चुरी भनिन्छ, यसैको नेपाली नाम हो बीमाङ्की ।

खासगरी गणित, तथ्याङ्कशास्त्र र विश्लेषण प्रयोग हुने उक्त कोर्ष पूरा गर्न लामो समय लाग्ने र एकदमै झन्झटिलो भएकोले नेपालीहरुमा त्यस्तो कोर्षप्रति आकर्षण नबढेको हुनसक्ने विश्लेषण बीमा समितिका बीमाविज्ञ भोजराज शार्मको अनुमान छ । गणित विषय प्लसटु गरेपछि ८ बर्षको कोर्ष गरेर मात्रै बीमाङ्की बन्न सकिन्छ ।

‘बीमाङ्कीमा ८ बर्षको कोर्ष हुन्छ जसमध्ये ४ बर्ष फिलोसिप र ४ बर्ष डिप्लोमाको हुन्छ । निरन्तर ८ बर्षसम्म अध्ययन गर्ने धैर्यता, क्षमता र समय र लागतको अभाव भएकोले त्यसमा आकर्षण नबढेको हुनसक्छ ।’ – बीमाविज्ञ शर्माले विकासन्यूजसँग भने । गणित, विज्ञान लगायतका विषयमा स्नातकोत्तर गरेपछि २/३ बर्षको कोर्ष लिए हुने अवस्था भएको भए नेपाली विद्यार्थी त्यसतर्फ आकर्षित हुनसक्ने अनुमान समेत उनको छ ।

त्यसो त नेपाली बजारमा एक्चुरीको खासै भविष्य पनि नदेखेर समेत नेपाली आकर्षक नभएको हुनसक्छ । बिमाविज्ञ भोजराज शर्माकै विचारमा १/२ बर्ष अघिसम्म नेपालमा ७/८ प्रतिशत मात्र बीमाको पहुँच भएको अवस्था र ३/३ वर्षमा मात्रै बीमाङ्की गराउनुपर्ने नियमका कारण पनि त्यसतर्फ आकर्षण नबढेको हुनसक्छ । अहिले बीमा व्यवसायले एउटा गति लिएको, १९ कम्पनी सञ्चालनमा आएको र बीमाको पहुँच पनि विस्तार हुँदै गएको अवस्थामा नेपालीहरु पनि त्यो विषय पढ्नमा रुचि जाने उनको विश्वास छ । ‘त्यसो त नेपाली विद्यार्थीहरु भारत वा बेलायतमा गएर पढेको र उतै सेटल भएको हुनसक्छ ।’ उनले भने ।

युनियन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार लाल कर्णले हाल बीमा कम्पनीहरुले भारतबाट नै एक्चुरी हायर गर्ने गरेको बताउँदै नेपालमा एक्चुरी पढाई सुरु भए विद्यार्थीहरुको इन्टर्नसीप लगायतमा बीमाम कम्पनीहरुले सहयोग गर्ने बताए । प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्ण भने– ‘अहिलेसम्म हामीले एक्चुरी भारतबाट नै मगाउँदै आएका छौं, पछिल्लो समय त्रिभुवन विश्व विद्यालयले नेपालमा एक्चुरी पढाउन सहज होस भनेर गरेको पहलमा हामीहरु निकै सकारात्मक छौं ।’ उनका अनुसार एक्चु्रीको सम्पूर्ण भूमिका निर्वाह गर्ने एक्चुरी बन्न भने निकै समय लाग्नसक्ने उनले बताए ।

कसरी बन्ने एक्चुरी, कति लाग्छ खर्च ?

एक्चुरी विषय पढ्न गणित तथा तथ्याङ्कशास्त्र विषयमा प्रविणता प्रमाणपत्र तह वा प्लसटु उर्तीण भएपछि ८ वर्षको कोर्ष लिनुपर्छ जसमध्ये ४ बर्ष डिप्लोमा र ४ बर्ष फिलोसिपको हुन्छ । उक्त कोर्ष पूरा गर्न भारतमा करिब ४० लाख र अरु देशहरुमा भए ७०÷७५ लाख रुपैंयासम्म खर्च गर्नुपर्नेछ जुन एमबीबीएस गर्न लाग्ने शुल्क जत्तिकै हो । यो कोर्स पढाउने इन्स्चियुटहरु भारतमा समेत एकाध मात्र रहेको बताइएको छ ।

हाल नेपालमा त्रिभुवन विश्वविद्यालयले पनि यो कोर्सको डिप्लोमा कक्षा सुरु गर्ने तयारी गरेको बताइएको छ । यो कोर्स सुरु भए नेपाली विद्यार्थीहरुलाई नेपालमा डिप्लोमा कोर्स पढेर फिलोसिप गर्न अन्यत्र जानसक्ने सुविधा हुनेमात्रै नभएर बीमा कम्पनीहरुका प्रोडक्टको निर्माण र मूल्याङ्कनमा सहयोग गर्ने विश्वास लिइएको छ । यद्यपि योे कोर्स पूरा गरेपछि बीमा क्षेत्रमात्रै नभएर विभिन्न परियोजना, दीर्घकालीन कोषहरु, कम्पनीहरु र सरकारी निकायमा समेत योजना निर्माण र कार्यान्वयमा समेत सहयोग पुग्नेछ ।विकासन्युज

भर्खरको समाचार

ईद मुबारक ! सबैमा शान्ति,समृद्धि र आपसी सद्भाव ल्याओस्

20260321_083036.jpg

आज पनि हावाहुरी र चट्याङसहित असिना पानी पर्ने

mausam-2075-12-18-768x388

साउदीका तेल केन्द्रमा बिहानैदेखि ड्रोन आक्रमण, युद्ध नयाँ चरणमा प्रवेश

saudi

अमेरिकामा नेपाली परिवारको बीभत्स हत्याको भिडियो सार्वजनिक

f3e3d7ae-e383-4abf-a07d-47a67cecb389

शपथमा सांसदले कुन पोसाक लगाउँछन् ? सपथको भाषामा छुट्टै व्यवस्था

Samsad Hall_ parliament_Nepal Photo Library7

१६ अमेरिकी सैन्य विमान ध्वस्त, होर्मुजबाट फर्किए अमेरिकी युद्धपोत

trump khameni missiel

चैत १३ गते बालेन प्रधानमन्त्री , १२ गते दलको नेता, १५ जना मन्त्री

balennnnnnnnnnnnnnn

’बदल्यौं कांग्रेस’ भन्दाभन्दै आफैं बदलिएका गगन

Gagan-thapa1

इरानी लाइफलाइन साउथ पार्स हमलाले विश्व हल्लियो

iran-flag_TkC5X0MaQr

युद्धका लागि पेन्टागनले माग्यो २०० अर्ब डलर, इरानलाई हमला रोक्न मुस्लिम राष्ट्रको आग्रह

Screenshot 2026-03-19 125340

सम्बन्धित खबरहरु

Scroll to Top