Nepal Times
Nepal Times
3
Shares

साफ महिला फुटबलबाट माल्दिभ्स घर फर्कियो

साफ महिला फुटबलबाट माल्दिभ्स घर फर्कियो

विराटनगर, चैत्र १
विराटनगरमा जारी साफ महिला च्याम्पियनसिप फुटबलमा श्रीलंका सेमिफाइनलमा प्रवेश गरेको छ । विराटनगरस्थित शहिद रंगशालामा शुक्रबार सम्पन्न खेलमा माल्दिभ्सलाई २ शुन्य गोल अन्तरले पराजित गर्दे एक खेल अघि नै श्रीलंका सेमिफाइनलमा प्रवेश गरेको हो ।

शुक्रबारको खेलमा पराजित भएसँगै माल्दिभ्स घर फर्किएको छ । श्रीलंकाको जितसँगै सेमिफाइनल पुग्ने टिमको टुंगो लागेको छ । प्रतियोगितामा समूह ए बाट नेपाल र बंगलादेश तथा समूह बी बाट भारत र श्रीलंका सेमिफाइनलमा पुगेका हुन । समेमिफाइनल पुग्ने टिमहरुले सेमिफाइनल अघि एक एक खेल भने खेल्न बाँकी नै छ ।

समूह विजेताका लागि शनिबार नेपाल र बंगलादेशबीच खेल हुनेछ भने आइतबार भारत र श्रीलंकाबीच खेल हुनेछ ।

तपाईंको प्रतिक्रिया

© copyright 2023 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.