७८ लाख घुस प्रकरण : बयान दिँदादिँदै भारततिर फरार

काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धान दायरामा रहेका नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपाने फरार भएका छन् । उनी स्थलमार्गबाट पोखरा–भैरहवा हुँदै भारत गएका हुन् ।

Advertisement

‘उनले दुई पटक बयान दिइसकेका थिए भने लगत्तै अर्को दिइसकेका थिए भने लगत्तै अर्को बयानका लागि डाक्ने योजना थियो’ अख्तियार उच्च स्रोतले भन्यो, ‘एकाएक उनको फोन अफ भयो, घरमा थिएनन् । अनुसन्धान गर्दा गाडीबाट भारततिर हिँडेको पुष्टि भइसकेको छ ।’

न्यौपानेमाथि नेपाल इन्जिनियरिङ कलेजको अनियमितता ढाकछोप गर्न ७८ लाख रुपैयाँ घूस बुझाएको आरोप छ । उनले ऊक्त रकम ४० लाख र ३८ लाख गरी दुई किस्तामा अख्तियारका आयुत्त राजनारायण पाठकलाई पठाइदिएका थिए । घूस प्रकरणको भिडियो टेप बाहिरिएपछि अख्तियारले ३ सदस्यीय टोली गठन गरी अनुसन्धान गरिरहेको छ ।, यो खबर आजको कान्तिपुर दैनिकले छापेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top