×

NEPAL TIMES UPDATES

Playing
इरानले होर्मुज पार गर्न युआन तिर्नुपर्ने व्यवस्था ल्याएपछि चीनलाई फाइदा || Nepal Times
Apr 07, 2026
Playing
आजको रात इरानी सभ्यता समाप्त गर्ने ट्रम्पले संकल्प, इरानले माग्यो गुहार || Nepal Times
Apr 07, 2026
Playing
यु द्ध को बाछिटाले झेलिएको महंगीमा बालेन सरकारको ’अग्निपरीक्षा’ || Nepal Times
Apr 07, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-24-2082 || Nepal Times
Apr 07, 2026
Playing
कर्मचारी भित्र कसरी सुरू भयो राजनीति ? कसले सुरुवात गर्याे ? || Nepal Times
Apr 07, 2026
Playing
निर्णायक मोडमा America–Iran यु द्ध, अन्तिम समयमा के हुँदैछ ? || Nepal Times
Apr 07, 2026
Playing
सीमामा तस्करी रोकिएनः कहिले पुग्छ बालेन सरकार ? || Nepal Times
Apr 07, 2026
Playing
World News: खामेनी कोमामा, अमेरिकी बमसामु देशभरका युवालाई मानव साङ्लो बन्न इरानको अपिल|| Nepal Times
Apr 07, 2026
Playing
राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनेका गुणाकर को हुन् ? || Nepal Times
Apr 07, 2026
Playing
सिडिओ छुटेर ओली–लेखक थुनिएपछि सर्वोच्चले गर्याे यस्तो व्याख्या || Nepal Times
Apr 07, 2026

को हुन् नेत्रविक्रम चन्द ‘विप्लव’ ?

४ चैत्र २०७५

सरकारले प्रतिबन्ध लगाएपछि प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको खोजी तीब्र पारेको छ भने ‘विप्लव’ नेतृत्वको नेकपाका नेता कार्यकर्ता यतिबेला भूमिगत भएका छन । कतिपयले विप्लवको नेतृत्वमा देशमा दोस्रो ‘जनयुद्ध’ हुन लागेको भनेर टिप्पणी पनि गरिरहेका छन् । विप्लव समूहलाई प्रतिबन्ध लगाएको सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओली सो समूहमाथि आक्रमक रुपमा प्रस्तुत भएका छन । प्रधानमन्त्रीले सरकारले विप्लव समूहलाई नचिन्ने बताएका छन ।

प्रधानमन्त्री ओलीले विप्लव समूहले बम पडाकाएर विध्वंस मच्चाउन खोजेकै कारण प्रतिबन्ध लगाइएको प्रष्ट पारे । विप्लव समूह कुनै मान्यता प्राप्त संस्था नभएको भन्दै धम्काएर लुटपाट गरेर मान्छे मारेर विप्लव समूहले आतंक मच्चाएकाले उसलाई प्रतिबन्ध गरेको उनले बताएका छन ।

Advertisement

उनले विप्लव समूहले सरकारले दिएको समयभित्र हतियार नबुझाए सरकारले खोस्ने चेतावनी पनि दिएका छन । प्रधानमन्त्री ओलीले चन्दाका नाममा धम्की आए नमान्न पनि सबैलाई आग्रह गरेका छन । विद्युत् आयोजनामा बम पड्काउने, टेलिकमका टावरमाथि बम पड्काउने जन्तीबसमा आगो लगाउने काम विप्लव माओवादीले गरिरहेको बताउँदै उनले विप्लवले बाटो नसच्याए सरकारले तह लगाउने चेतावनी दिए ।

केही दिन अगाडि विप्लवले मार्नेको सुचीको पहिलो नम्बरमा आफूलाई राखेको भनेर नेकपाका अध्यक्ष पुष्पकमल दाहालले सार्वजनिक रुपमै विप्लवलाई देखेर दया लागेकोको पनि टिप्पणी गरे । उनले विप्लवलाई बाटो सच्चाउन पनि आग्रह गरेका छन । उता सरकारको प्रतिबन्धपछि हतारमा समर्थन गरेको कांग्रेसले एकाएक प्रतिबन्ध समाधानको उपाय नभएको भन्दै वार्तामा आउन आग्रह गरेको छ । आखिर को हुन् त विप्लव ? हामीले यहाँ विप्लवका बारेमा हालसम्म प्राप्त जानकारी प्रस्तुत गर्ने जर्मको गरेका छौँ ।

नेत्रविक्रम चन्द ‘विप्लव’ रोल्पाको केवरीमा मध्यमवर्गीय परिवारमा २०२४ साल फागुन ११ मा जन्मिएका हुन । बाबु चित्रबहादुर चन्द र आमा खुसीमाया घर्तीका कान्छो सन्तान विप्लवका तीन दिदी र दुई दाजु छन् । विप्लवका बाजेका सात भाइमध्ये छ भाइ लाहुरे थिए । यसी हेदौ विप्लव लाहुरेका नाति हुन ।

विप्लवको बाल्यकाल रोल्पामै बित्यो। उनले लिवाङको बालकल्याण माध्यामिक विद्यालयबाट १९ वर्ष हुँदा एसएलसी पास गरेका थिए । विप्लवलाई नजिकबाट चिन्नेहरू उनी बाल्यकालमा लाहुरेसँग लडाइँको कुरा गर्न मन पराउँथें । विप्लवमा विद्यालय तहमा पढ्दादेखि नै राजनीति चेत थियो । उनले २०३९ सालमा अखिल छैठौंबाट राजनीति सुरू गरेका थिए । त्यसको ४ वर्षमै विप्लव विद्यार्थीको रोल्पा अध्यक्ष भए भने त्यही वर्ष उनले एसएलसी पास गरेका हुन् ।

लगत्तै उनी पढ्न काठमाडौं गए । नेपाल ल क्याम्पसमा कानुन पढ्न भर्ना भए । विप्लवले २०४८ सालमा स्नातक तेस्रो वर्षमा भर्ना हुन पाएनन् । त्यतिबेला एकता केन्द्र मसालको सदस्य बनिसकेका विप्लव सक्रिय राजनीतिमा अघि बढे । यसबीच २०४५ सालमा विप्लवको परिवार रोल्पाबाट कपिलवस्तु बसाइँ सर्न पुग्यो ।

विप्लवले सुभद्रा मल्लसँग बिहे गरे भने उनीहरूका दुई छोरा र एक छोरी छन् । विप्लवको नाममा कपिलवस्तुमा रहेको जमिन पनि पार्टीको नाममा बुझाएका थिए । विप्लवले कहिल्यै जागिर खाएनन् । माओवादीले जनयुद्ध सुरु गर्दा विप्लव विद्यार्थी उपाध्यक्ष थिए । त्यस बेला जनयुद्ध थालनी गर्न पार्टी नेतृत्व डराएको भन्दै विप्लवले भनेका थिए–बुढाहरूले छिटो जनयुद्ध सुरू नगर्ने हो भने हामी सुरू गर्छौं । जनयुद्ध लड्न उनले हतियारसमेत जम्मा गर्न थालेका थिए ।

तत्कालीन माओवादीले २०५२ फागुन १ बाट जनयुद्ध सुरु गर्दा उनले विद्यार्थी राजनीतिसँगै पार्टीको ललितपुर सेक्रेटरीको जिम्मेवारी लिएका थिए । २०५४ सालतिर विप्लवलाई पार्टीले कर्णाली उपक्षेत्रीय ब्युरो इन्चार्ज बनाएर खटाएको थियो । विप्लवले त्यसपछि आफूलाई सक्रिय राजनीतिमा अगाडि बढाउँदै लगे ।

२०५५ साल भदौमा भएको माओवादीको चौथो विस्तारित बैठकबाट उनी केन्द्रीय सदस्य बने । २०५९ सालमा माओवादीका पोलिटव्युरो सदस्य बनेका उनी २०६१ सालमा रोल्पा, रूकुम आधार इलाकाको ब्युरो इन्चार्ज भए । कर्णाली क्षेत्रको जिम्मेवारी लिएका बेला विप्लवले प्रहरीहरूबाट हतियार लुटेका थिए ।

त्यसपछि पार्टीभित्र उनको कामको प्रशंसा भएको थियो । अध्यक्ष पुष्पकमल दाहालले केही समय विप्लवलाई विश्वास पात्र बनाएका थिए । कालीकोटमा प्रहरीबाट थ्री नट थ्री राइफल खोसेपछि विप्लव चर्चित बनेका थिए । नेतृत्वको कमजोरी खरो ढंगबाट नडराइ बोल्ने भएपछि विप्लवलाई दाहालले अँगाल्न छाडे उनको साटो वर्षमान पुन र शक्तिबहादुर बस्नेतलाई च्यापे । माओवादी ‘जनयुद्ध’बाट शान्ति प्रक्रियामा आएपछि दाहाल र विप्लवको सम्बन्ध बिग्रियो ।

पार्टीभित्र एक पटक पनि छलफल नगरी जनयुद्ध रोक्ने र विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेको भन्दै दाहालसँग विप्लव रुष्ट बनेका थिए । दाहाल र बाबुराम भट्टराईसँग त्यतिबेलादेखि नै विप्लवको अन्तरविरोध थियो । २०६४ साल साउन १८ देखि २२ सम्म काठमाडौंको बालाजुमा भएको पाँचौ विस्तारित बैठकमा विप्लव, मोहन वैद्य, सीपी गजुरेललगायतले नेतृत्वको विरोध गर्दै गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारबाट पार्टी फिर्ता हुनुपर्ने अडान राखे ।

त्यसबेला माओवादी मन्त्रीले राजीनामा दिए पनि कोइरालाले अस्वीकृत गरिदिए । विप्लवले मोहन वैद्य तथा सीपी गजुरेललगायतको साथमा २०६५ मा भक्तपुरको खरिपाटी र पालुङटार विस्तारित बैठकमा फरक मत राखेका थिए । त्यसको चार वर्षमा २०६९ मा माओवादीबाट अलगिएर मोहन वैद्यको नेतृत्वमा रामबहादुर थापासहितलाई लिएर विप्लव पनि नयाँ पार्टी गठनमा लागे । वैद्यसँग पनि कुरो नमिलेपछि २०७१ मा आफ्नै नेतृत्वमा विप्लवले नयाँ पार्टी बनाए ।

अहिले उनी नेपाल कम्युनिष्ट पार्टीका महासचिव छन् । २०४५ र २०५० सालमा पटकपटक जेल परेका विप्लव शान्ति प्रक्रिया पछि पनि कुनै लाभको पदमा छैनन् । विप्लव पछिल्लो समय एकीकृत जनक्रान्ति र वैज्ञानिक समाजवादी क्रान्तिका लागि लागिपरेका छन् । विप्लव २०७४ देखि सार्वजनिक कार्यक्रममा देखिएका छैनन् ।

सँगै जनयुद्ध लडेका रामबहादुर थापा गृहमन्त्री भएका बेला पूर्वसहयोद्धा विप्लव फेरि भूमिगत छन् । नेपालको राजनीति हो हिजो एउटै थालमा खाएका विप्लव र थापा प्रतिबन्धपछि अहिले एकअर्कालाई प्रमुख‘शत्रु’मा रुपमा परिभाषित गरिहेका छन् ।

Advertisement

गत भदौमा संघीय सांसद सोमप्रसाद पाण्डेको संयोजकत्वमा सरकारले बनाएको समिति विप्लव समूहसँग वार्ता गर्न असफल भएको थियो । सरकारी वार्ता टोली स्पष्ट धारणाका साथ नआएकोले वार्ता गर्नुपर्ने कुनै औचित्य नदेखेको विप्लव समूहको दाबी छ । यता वार्ताको वातावरण बनाए पनि विप्लव समूहले धोका दिएका कारण वार्ता हुन नसकेको सरकार पक्षको भनाइ छ ।

भर्खरको समाचार

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सम्बन्धित खबरहरु

Scroll to Top