पुर्जा भएको जमिन १७ वर्षदेखि भारतीयको कब्जामा

४ चैत ७५, सोमबार

भीमदत्तनगर ,चैत ४

Advertisement

आफूसँग जग्गाकाे प्रमाण पुर्जा हुँदा पनि कञ्चनपुरको पुर्नवास नगरपालिका, ४ का करनबहादुर सुनारले जग्गा भोगचलन गर्न पाएका छैनन् । उनको करिब एक बिघाभन्दा बढी जग्गा विगत १७ वर्षदेखि आफ्नो भूमि भएको दाबी गर्दै भारतीय नागरिकले उपभोग गर्दै आएका छन् ।

“२०५८ मा खेतमा लगाएको अन्नबालीसमेत भारतीय सुरक्षाकर्मीले सङ्कलन गर्न दिएनन्,” सुनारले भने, “खेतमा खनजोत गर्न जाँदा दुव्यर्वहार सहनु पर्ने स्थिति बन्छ ।” पुर्नवासमा उक्त क्षेत्र भारतीयले आफ्नो भूमिमा पार्ने दाबी गर्दै आएको छ । “सत्र वर्षदेखि आफ्नो जमिन छुटाइदिन विभिन्न निकाय हारगुहार गर्दा कतैबाट सुनुवाइ भएन,” आफूसित भएको जग्गाको पुर्जा देखाउँदै सुनारले भने, “लिखित रुपमै सरकारलाई जानकारी गराउँद पनि केही भएन् ।”

Advertisement

उनले मुलुकको व्यवस्था फेरिएर सिंहदरबार गाउँमा पुग्दा पनि जग्गाको विषय छिनोफानो हुन नसकेको दुखेसो पोखे । विसं २०३१ देखि गाउँमा बस्दै आएका स्थानीयवासी मानबहादुर सुनारले नेपाल–भारत दुइ सय नम्बरको सीमा पिल्लर गायब नहुँदा पनि भारतले नेपाली भूमि आफ्नो भनिरहेको बताए ।

“सीमाको विवाद यथावत रहँदा बेला-बेला भारतीय सुरक्षाकर्मीसँग पनि मनमुटाव हुने गर्छ,” उनले भने, “पुर्नवासमा शहिद बनेका गोविन्द गौतमको घटनास्थल क्षेत्रमा पनि अझै सीमा विवाद समाधान भएन ।” सरकारले पुर्नवास-बेलौरी नगरपालिका क्षेत्रको सीमा विवाद समाधान हुने आश्वासन दिए पनि हालसम्म नभएको स्थानीयवासीको गुनासो छ । रासस

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top