म्याराडोनाले गरे मेस्सीको तारीफसंगै रोनाल्डोलाई जनावरको दर्जा

४ चैत ७५, मंगलबार

एजेन्सी, चैत्र ५
पछिल्लोपटक युरोपियन च्याम्पियन्स फुटबलमा अन्तिम १६ अन्तर्गत दोस्रो लेगको खेलमा अर्जेन्टिनी मेस्सी र पोर्चुगिज रोनाल्डो दुवैले शानदार प्रदर्शन गरेका थि । आ–आफ्नो टिमलाई क्वार्टरफाइनलमा लैजान उनीहरूको निर्णायक योगदान रह्यो ।

यस दौरान म्याराडोनाले बार्सिलोनाका फरवार्ड लिओनल मेस्सी र इटालियन युभेन्टसका फरवार्ड क्रिस्टियानो रोनाल्डोको तारिफ गरेका छन् । बार्सिलोनाले फ्रेन्च क्लब लियोनविरुद्ध ५–१ को जित निकाल्दा मेस्सीले २ गोल र २ गोलका लागि असिस्ट गरे । यता, रोनाल्डोले स्पेनिस एथ्लेटिको मड्रिडविरुद्ध ३–२ को कमब्याक जित निकाल्नेक्रममा सनसनीपूर्ण ह्याट्रिक गरेका थिए ।

सो खेलपछि म्याराडोनाले एक अन्त्र्वार्तामा बोल्दै मेस्सी जादुगर खेलाडी रहेको बताए । उनले रोनाल्डो र मेस्सी दुवैमा फुटबलको विशेष जादु रहेको पनि बताए ।

Advertisement

‘खासमा मेस्सी जादुगर हुन् । उनी अर्जेन्टिनी हुनुमा हामीलाई गर्व छ,’ म्याराडोनाले भने, ‘म मात्रै नभएर अर्जेन्टिनी सबैले मेस्सीप्रति गर्व गर्नुपर्छ ।’

त्यसैगरी, म्याराडोनाले रोनाल्डोलाई ‘जनावर’को उपमा दिए । उनले रोनाल्डो जादुगर खेलाडी मात्रै नभएर एक जबर्जस्त र ‘सुपरपावर गोलकर्ता’ रहेको बताए । ‘रोनाल्डो विश्वका सबैभन्दा ठूला गोलकर्ता खेलाडी हुन्, जो ३४ वर्षको उमेरमा पनि जादुयी लयमा छन्,’ म्याराडोनाले भने, ‘यो उमेरमा पनि उनमा एक बलवान् जनावरको जस्तै जर्बजस्त शक्ति छ, जुन निकै लोभलाग्दो छ ।’

Advertisement

उनले अघि थपे— ‘मलाई लाग्छ, ‘उनको उमेरमा यो स्तरको प्रदर्शन जो कोही खेलाडीबाट सम्भव छैन ।’

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top