विराटनगर, चैत ६
विराटनगरमा जारी साफ महिला च्याम्पियनसिप फुटबलको उपाधिका लागि नेपाल र भारत बिच भिडन्त हुने भएको छ । बुधबार भएको दोस्रो सेमिफाइनल खेलमा बंगलादेशलाई ४–० गोल अन्तरले हराउँदै भारतले फाइनल यात्रा तय गरेको हो ।
साफ महिना फुटबलमा भारत पाँचौं पटक फाइनल पुगेको हो भने । नेपालले चौथो पटक फाइनल खेल्न लागेको हो । शहीद रंगशालामा पहिलो हाफमै तीन गोलको अग्रता बनाएको भारतले दोस्रो हाफमा थप एक गोल गरेको हो ।
खेलको १८ औ मिनेटमा भारतकी डालिमा छिबरले गोल गर्दै भारतलाई अग्रता दिलाइन् । २३ औं र ३७ औँ मिनेटमा इन्दुमती काथिरिसानले थप दुइ गोल गर्दै भारतलाई ३–० गोलको अग्रता दिलाइन् । खेलको अतिरिक्त समयमा मनिषाले गोल गर्दै भारतलाई ४–० गोलको जित दिलाइन् ।
त्यसअघिको पहिलो सेमि फाइनल खेलमा नेपालले श्रीलंकालाई ४–० गोल अन्तरले पराजीत गर्दै फाइनलमा आफ्नो स्थान सुरक्षित गरिसकेकोे छ । अब उपाधीका लागि फाइनलमा शुक्रबार नेपाल र भारत अमने सामने हुनेछन् ।