राजविराज, सप्तरी, २९ पुस ः संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले देशको आर्थिक समृद्धि एवं विकासका लागि सम्पूर्ण राजनीतिक दल एकताबद्ध भएर अगाडि बढ्नुपर्ने बताउनुभएको छ ।
राजविराज नगरपालिकाको प्रथम नगरसभाको शुक्रबार उद्घाटन गर्दै यादवले राष्ट्रियताको सवालमा राजनीतिक दलबीच सहकार्य आवश्यक रहेको बताउनुभयो ।
अधिकारसँगै विकास र निर्माणलाई अगाडि बढाए मात्र समाजको विकास हुने बताउँदै उहाँले आगामी दिनमा संविधान संशोधन गरेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
मुलुककै पुरानोमध्ये एक र भारतको गुलाबी शहर जयपुरको नक्शामा आधारित नगर योजनानुरुपको शहर राजविराज नगरपालिकाको पहिलो नगरसभामा राजविराज नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादवले आव २०७५÷०७६ का लागि रु ५८ करोड ७२ लाख ७४ हजार ८७२ बराबरको बजेट प्रस्तुत गर्नुभयो ।
सभामा प्रदेशसभा सदस्यद्वय मनिषकुमार सुमन र शैलेन्द्रप्रसाद साह, सप्तरीका प्रजि भागीरथ पाण्डेयलगायतल छुट भएका अन्य शीर्षकलाई आगामी दिनमा विस्तारै समायोजन गर्नेतर्फ ध्यान दिनुपर्ने सुझाव दिनुभयो ।
(रासस)