×

NEPAL TIMES UPDATES

Playing
अम्पायरमाथि प्रश्न उठाउँदा करणलाई कारबाही || Nepal Times
Apr 12, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-29-2082 || Nepal Times
Apr 12, 2026
Playing
राप्रपा किचलो ः उपसभामुखको निहुँमा लिङदेन हटाउने तयारी || Nepal Times
Apr 12, 2026
Playing
झनै बलियो भएर फर्कियो इरान, सम्झौतामा पुग्न नसक्ने ५ कारण || Nepal Times
Apr 12, 2026
Playing
कहाँ चुक्यो बालेन सरकार? हाई–प्रोफाइल पक्राउदेखि ब्रिजकोर्स ब्यानसम्म || Nepal Times
Apr 12, 2026
Playing
Taiwanनिर चिनियाँ जहाज र लडा कू विमानको हलचल, MND अलर्ट, बढ्यो त नाव || Nepal Times
Apr 12, 2026
Playing
इरानमा भेनेजुएला रणनीति लागू गर्ने वा पाषणयुगमा पुर्याइदिनेः अब ट्रम्पको हातमा || Nepal Times
Apr 12, 2026
Playing
बालेनको भारत भ्रमण ऐतिहासिक अवसर, इतिहास बन्न सक्छ || Nepal Times
Apr 12, 2026
Playing
World News: Chinaले Iranलाई हति*यार दिदा Trump आगो, चागोस सम्झौता रोकिने अवस्थामा || Nepal Times
Apr 12, 2026
Playing
यु द्धविराम सकिएपछि Trumpका दुई विकल्प, Iranसंग अझै के कुराले डराइरहेका छन् ट्रम्प ?|| Nepal Times
Apr 12, 2026

थाकेको घण्टाघर जसोतसो समय दिँदै

७ चैत्र २०७५

काठमाडौँ : १२४ वर्ष पुरानो घण्टाघरको घडीका सुई निकै थाकिसकेका छन् । इन्जिनका पार्टपुर्जा गलिसकेका छन् । कर्मचारीको कठोर मिहिनतबाट नियमित दम पाइरहेकाले धन्न घडीले घण्टी हानिरहेकै छ । राणाकालको चिनो जेनतेन चलिरहेकै छ ।

घण्टाघरका मिस्त्री गणेश सापकोटा भन्छन्, “घडीलाई जबरजस्ती चलाइरहेको छु । अब धेरै चल्नेवाला छैन ।” विसं २०४४ बाट उनले सो घडी मर्मत गर्दै आएका छन् । घडी मर्मत गर्ने उनी एक्लो मिस्त्री हुन् । त्रिचन्द्र क्याम्पसका कर्मचारी सापकोटाको अवकासपछिका लागि अर्को मिस्त्री तयार गरिएको छैन ।

Advertisement
Advertisement

“मेरो अवकासपछि त्यो घडी सङ्ग्रहालयमा राखिन्छ होला” उनले भने, “अरूले त बनाउन सक्दैनन् होला ।” उनले घडीका थुप्रै सामग्री परिवर्तन गरिसकेका छन् ।

इतिहासकार पुरुषोत्तमशमशेर राणाका अनुसार घडीको सहज पहुँच नहुँदाका बखत जनताले सहजरूपमा समय थाहा पाउन् भन्नका लागि १९५१ सालमा वीरशमशेरले घण्टाघर निर्माण गर्न लगाएका थिए ।

वि.सं. १९९० को भूकम्पले भत्काएपछि नयाँ बनाइएको घण्टाघर अहिले जीर्ण छ । ‘श्री श्री श्री वीर’ लेखिएको घण्टाघर बाहिर हेर्दा निकै राम्रो देखिए पनि भित्र चिराचिरा परेको छ । तीन वर्ष अघि २०७२ सालको भूकम्पले घण्टाघरलाई निकै कमजोर बनाएको छ । भूकम्पपछि जापानी प्राविधिक आएर घण्टाघर (भवन)को एक्सरे गरेको र त्यसबाट राम्रो नतिजा नदेखिएको कर्मचारी सुनाउँछन् ।

घडीमा दम दिनका लागि घण्टाघरको माथिल्लो तलामा उक्लिएका बखत भत्किएर थिच्ने पो हो कि भन्ने त्रास कर्मचारीमा छ । दम दिएवापत कर्मचारीलाई मासिक एक हजार रुपियाँ उपलब्ध गराउने गरिएको छ । त्रिचन्द्र क्याम्पसका चारजना कर्मचारीलाई दम दिनका लागि तोकिएको छ ।

Advertisement

उनीहरुले सातामा दुईपटक घडीमा दम दिए पुग्छ । घण्टा, मिनेट र सेकेन्डको सुईका लागि अलग अलग ठाउँमा दम दिनुपर्दछ । “तीनवटैमा गरी आधा घण्टा जति दम दिए पुग्छ,” २०४३ सालदेखि घडीमा दम दिँदै आउनुभएका कर्मचारी नातीबाबु थापाले भन्नुभयो । थापा बाहेक मानबहादुर बुढाथोकी, बाबुराम लामिछाने र ईश्वर महर्जनले पालैपालो दम दिँदै आउनुभएको छ । ,याे खबर आजकाे गोरखापत्र दैनिकमा छ ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top