होलीमा मोरङबाट १ सय ९६ जना पक्राउ

विराटनगर, चैत ७
मोरङ प्रहरीले होलीका दिन ट्राफिक नियम उल्लंघन तथा उश्रृंखल गतिविधी गरेको आरोपमा १ सय ९६ जनालाई नियन्त्रणमा लिएको छ । होली खेल्ने क्रममा मादक पदार्थ सेवन गरि सवारीसाधन चलाउने तथा सुरक्षार्थ खटिएका प्रहरीलाई अभद्र ब्यवहार गर्ने १ सय ९६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

होलीलाई मर्यादित बनाउन मोरङ प्रहरीले जिल्लाका विभिन्न ठांउमा राखेको चेकप्वाइन्टहरुबाट १९६ जना मानिसका साथै ४ सय ९३ वटा सवारीसाधन नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । मादकपदार्थ सेवनगरि सवारीसाधन कुदाउने,झैंझगडा र होहल्ला गर्ने लगायतलाई नियन्त्रणमा लिइएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए ।

Advertisement

उनले नियन्त्रणमा लिइएकाहरुको बिषयमा अनुधन्धान गर्ने काम भइरहेको बताउदै छाड्न मिल्नेलाई छाडने काम समेत भइरहेको बताए । गम्भीर प्रकृतिका घटनामा संलग्नलाई भने आवश्यक अनुसन्धानकालागि नियन्त्रणमै राखिने डिएसपी श्रेष्ठले बताए । होलीलाई मर्यादित बनाउन विराटनगर महानगर क्षेत्रभित्र ४५ ठांउमा र मोरङभरि १ सय ७ ठांउमा चेकप्वाइन्ट स्थापना गरि उल्लेख्य प्रहरी परिचालन गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Advertisement
Advertisement

भर्खरको समाचार

डिगो नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त गर्ने प्लेटफर्म बन्यो

71a582fd-c7c8-4e6d-bbc8-ff7d56b35553

महाधिवेशन सक्न रास्वपालाई हम्मेहम्मेः प्रतिनिधि थपिएपछि एक दिन लम्बियो

1000480255

नेपालको निर्यात सोयाबिन र अलैंचीले सुधार्याे

141afa71-6e09-4684-a194-bf9c5bddf17e

चितवनमा गगनले खोलेको ८५ जनाको कत्लेआम के थियो ?

RSP Nepal netaharu_NPL (6)

नेपाल कालोसूचीको डिलमा,खैरो सूचीबाट निस्कन नेपालले के–के गर्नुपर्छ?

Screenshot 2026-06-22 144548

अबको ३० वर्ष नेपालको राजनीति रवि र बालेनकै वरिपरि ?

1000480255

रास्वपा महाधिवेशनः आज रविसहित ६ नेताले प्रतिवेदन पेस गर्दै

727287654_1053636067323777_8135060616549882458_n

अमेरिका–इरानबिचको वार्तामा ‘उत्साहजनक प्रगति’

flags of USA and Iran

जङ्गल, खेतबारी, घर हुँदै सदनमा पसेको बाँदर !

Monkey-in-Khotang

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

सम्बन्धित समाचार

Scroll to Top