Nepal Times
Nepal Times
3
Shares

एसईई परीक्षामा चार लाख ७५ हजार विद्यार्थी सहभागी हुँदै

एसईई परीक्षामा चार लाख ७५ हजार विद्यार्थी सहभागी हुँदै

काठमाडौं : चैत्र १० गतेबाट सञ्चालन हुने यस वर्षको माध्यकिक शिक्षा परिषद् (एसईई) मा ४ लाख ७५ हजार ३ जना परीक्षार्थी सामेल हुने भएका छन् ।

मुलु्क संघीयतामा गइसकेको अवस्थामा पहिलो पटक परीक्षा व्यवस्थापन, सञ्चालन, अनुगमन उत्तरपुस्तिका खरिदलगायतका सम्पूर्ण काम प्रदेश सरकारले गर्ने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले प्रश्नपत्र छपाई, उत्तरपुस्तिका परीक्षण र परीक्षाफल प्रकाशित गर्ने काम गरेको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेले परीक्षा व्यवस्थापनको सम्पूर्ण काम प्रदेश सरकारले गर्ने स्पस्ट पार्नु भयो । यो समाचार ईश्वरराज ढकालले नेपाल समाचारपत्रमा लेखेका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2023 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.