आइपिएलको पहिलो खेल : चेन्नईले सहजै जित्यो

१० चैत ७५, आइतबार
Share this
699shares

आइपिएलको १२ औं संस्करणको उद्घाटन खेलमा साविकको विजेता  चेन्नई सुपर किंग्सले विराट कोहलीको रोयल च्यालेन्जर्स बैङ्लोरलाई ७ विकेटले पराजित गरेको छ।

Advertisement

शनिबार राति सम्पन्न खेलमा महेन्द्र सिंह धोनीको कप्तानीमा उत्रेको चेन्नईले टस जितेर च्यालेन्जर्सलाई ब्याटिङको निम्तो दिएको थियो।

पहिले ब्याटिङ्गमा उत्रेको बैङ्लोरले १७.१ ओभरमा अलआउट हुँदै केवल ७० रन मात्र जोड्न सक्यो।

Advertisement

बैङ्लोरका लागि पार्थिव पटेलले २९ रन बनाउने बाहेक अरुले कसेले दोहोरो अंकमा रन जेड्न सकेनन् । कप्तान कोहली १२ बलमा केवल ६ रन बनाएर आउट भएका थिए ।

चेन्नईका लागि हरभजन सिंह र इमरान ताहिरले समान तीन–तीन विकेट लिए ।

Advertisement

७१ रनको लक्ष्य भेट्टाउन मैदानमा उत्रेको चेन्नईलाई सो सानो लक्ष्य भेट्टाउन १७.४ ओभरसम्म कुर्नुपर्‍यो। उसले ४ विकेट गुमाउँदै आफ्नो लक्ष्य प्राप्त गरेको थियो।

चेन्नईका लागि अम्बाती रायडूले २८ तथा सुरेश रैनाले १९ रन बनाए । हिजो म्याचबाट रैनाले आइपिएलमा पाँच हजार रन पूरा गरेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top