काठमाडौं -राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सातवटै प्रदेशमा निर्वाचन अधिृकतको कार्यलय स्थापना भएका छन् । सरकारले माघ २४ गतेका लागि राष्ट्रियसभा सदस्यको चुनावको मिति घोषणा गरेको छ ।
उच्च अदालत रहेका जिल्लामा निर्वाचन अधिृकतको कार्यलय स्पथाना भएका छन् ।
प्रदेश राजधानी भइनसकेकाले उच्च अदालतलाई आधार मानी सम्बन्धित जिल्ला सदरमुकाममा निर्वाचन अधिकृतको कार्यलय स्थापना गरिएको हो ।
प्रदेश नम्वर १ मा मोरङ, २ मा धनुषा, ३ मा ललितपुर, ४ मा कास्की, ६ मा दाङ, ६ मा सुर्खेत र ७ मा डोटीमा निर्वाचन अधिकृतको कार्यलय स्थापना भएका छन् ।
न्याय परिषद् सचिवालयले दिएको नाम अनुसार सात जना जिल्ला न्यायाधीसलाई निर्वाचन आयोगले पुस २७ देखि लागू हुने गरी निर्वाचन अधिृकतको पदमा नियुक्ति गरेको छ ।